पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

पछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ श्रावण १४ गते, बिहीबार १८:३८

१४ साउन, काठमाडौं । नेपालमा आज ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९,५५५ पिसीआर र ४,६८७ ऐन्टिजेन गरी १४,२४२ वटा नमुना परीक्षणमा ३,३६५ जना संक्रमित थपिएका हुन् ।

काठमाडौंमा ५९७,ललितपुरमा १५५ र भक्तपुरमा १०८ गरी उपत्यकामा आज उपत्यकामा ८६० नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा हालसम्म ३५ लाख ८४ हजार ४१९ पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३ लाख ९ हजार २३३ गरी ३८ लाख ९३ हजार ६५२ नमुना परीक्षणमा हालसम्म ७ लाख ५० हजार २२ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो घण्टामा देशैभरी १,३७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १३७३ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १६ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,८०७ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

नेपालमा हालसम्म ३० हजार ३९० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये २७ हजार ३५५ जना होम आइसोलेशन र ३०३५ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

त्यस्तै हाल देशैभरीका विभिन्न अस्पतालमा ६३६ जना आइसीयु र १६० जना भेन्टिलेटरमा रहेका छन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु