यश् पाठक
सक्छौ कबुल गर मेरा कमजोरी आफ्नै हुन भनेर !!
या त लत्काइदेउ कुनै एउटा कालो रात बनेर !!
नहुदो रैछ भाग्यमा सबको त्यो चाहेको जित्नलाई,
वाध्य भै जिउनु पर्ने नै’रैछ प्यासी दिनहरु गनेर !
थोरै के राम्रो गर्या थ्यौ तिमी होनाहार भैदिन्छौ,
अब त मनि साहसी बन्छु प्रितको छुट्टै गोरेटो खनेर !
हुँदानी साथी भएनौ जाती काधमा काध मिलाउन,
लाचार बनी फर्किन्न अब म तिम्रो समस्या बनेर !
जोस आबेगता सबै टुट्यो छर्पस्ट भो मनको रङग,
जब मुस्किल मा परे दैबनी बोल्यो पापी होस् भनेर !
सक्छौ कबुल गर मेरा कमजोरी आफ्नै हुन भनेर !!
या त लत्काइदेउ कुनै एउटा कालो रात बनेर !!