• दमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १५:०९

    तनहुँ, १५ साउन । लमजुङ मध्यनेपाल नगरपालिका–१ देउरालीका युवा सुनिलले तनहुँको दमौलीस्थित भोर्लेटार चोकमा ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’ सञ्चालनमा ल्याएका छन् ।
    दुई वर्ष नारायणघाट, डेढ वर्ष पोखरा र एक दशक विदेशमा काम गरेको अनुभवलाई समेटेर सुनिलले दमौलीस्थित भोर्लेटार चोकमा ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’ सञ्चालनमा ल्याएका हुन् ।
    ६ महिना पहिले भोर्लेटार चोकमा ‘दिदी भाई रेष्टुरेन्ट’ सञ्चालनमा ल्याएका सुनिलले उक्त रेष्टुरेन्टलाई होटल एण्ड लजका रुपमा विकास गरेका हुन् । सुरुमा पाँच कोठाको होटल एण्ड लज सञ्चालनमा ल्याएपनि यसलाई क्रमशः थप्दै लैजाने योजना रहेको सुनिलले सुनाए ।
    “मैले विदेशी भूमिमा झण्डै १५ वर्ष काम गरेँ, उक्त सीप र अनुभवलाई आफ्नै भूमिमा लगाऔँ भन्ने सोचेर रेष्टुरेन्ट तथा होटल सञ्चालनमा ल्याएको हुँ,”– उनी भन्छन् । उक्त होटलमा सहुलियत दरमा बस्ने कोठासमेत उपलब्ध रहेका छन् ।
    स्वदेशी तथा विदेशी खाना पाइने उक्त होटलमा मम, चाउमिन, खाजा सेट, खाना सेटको व्यवस्था छ । साथै, हाँस, लोकल खसी, लोकल कुखुरा, लोकल राँगो र लोकल माछा खान पाइने सञ्चालक सुनिल बताउँछन् ।
    भर्खरै सञ्चालनमा आएको उक्त होटल एण्ड लजमा बनेका खाना तथा खाजाका परिकारहरु भोर्लेटार नजिकका क्षेत्र डिगाउँ, बीसघरे, गल्बुबेशी, तालघरे, भादगाउँ, चापाघाटलगायतका क्षेत्रमा होम डेलिभरी गरिने उनको भनाई छ । होम डेलिभरीमार्फत खानेकुरा अर्डर गर्नका लागि ९८०७५७२९०५ र ९८६१३८०५६७ मा सम्पर्क गर्न सकिने सञ्चालक सुनिलले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु