एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १७:१२

काठमाडौं –गैरआवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलियाको सन २०२१–२०२३ कार्यकालको लागि अध्यक्षमा नन्द गुरुङ र ज्ञानेन्द्र रेग्मी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन समितिले आगामी जुलाई ३१ तारिखमा हुने निर्वाचनका लागि तीन सय ४५ जना उम्मेदवारहरूको नामावली प्रकाशित गरेको छ । सो निर्वाचनमा राष्ट्रिय समन्वय समिति, राज्य समन्वय समिति र अन्तर्राष्ट्रिय समन्वय समितिका लागि उम्मेदवारहरू चयनका लागि चुनाव हुने भएको छ ।

अष्ट्रेलियाको नेपाली समुदायमा नन्दु गुरुङ्ग यस्ता पात्र हुन जसको प्रवासी जीवनमा एउटै संकल्प समाजसेवा मात्रै रहेको छ । गुरुङले समाजसेवा बाहेकका अरु केही सोचेकै छैनन् । त्यही अभिरुचीलाई मूर्तरुप दिन गुरुङ आगामी शनिवार हुने एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा पाइला टेक्न निर्वाचनको मैदानमा होमिएका छन । नन्द गुरुङ प्रवासी जीवनमा तेस्ता प्रतिबिम्ब हुन उनी रंग हेर्दैनन,जात हेर्दैनन,भूगोल हेर्दैनन । उनि खाली पेट,असहाय, अशक्त, बिरामी र जुनसुकै कारणले आपतमा परेको नेपालीका लागि भरलाग्दो लौरो भएर उभिएका छन अस्ट्रेलियामा । नन्द सबै चिज भएर पनि न आत्तिन जान्दछन्, न मात्तिन । व्यवहारमा लचकता र बोलीमा मधुरता उनका गहना हुन् ।
गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको यही जुलाई ३१ तारिखका दिन सम्पन्न हुन गइरहेको निर्वाचनमा यिनै बहुआयामिक व्यक्तित्व अध्यक्षका प्रत्यासी रहेका छन् । उनि संस्थाका लागि नयाँ व्यक्ति पनि होइनन् । २०१५ मा राष्ट्रिय समन्वय समिति सदस्य, राज्य समिति संयोजक, उपाध्यक्ष हुँदै हाल प्रवक्ताको भूमिका निर्वाह गरिरहेका छन् यहाँ । आम नेपाली युवाजस्तै उनी माध्यमिक तहको पढाइ लमजुङको कपुर गाउँबाट पूरा गरी राजधानी काठमाडौं हानिए । अस्कल कलेजमा विज्ञान विषय लिएर बीएसस्सी पास गरे । केही समय विद्यार्थी राजनीति गरे । राजनीतिकै माध्यमबाट समाजसेवा गरे । तर राजधानीको चारघेरोमा मात्र मन अडिएन नन्दको ।

‘ठाउँ पनि हेरिने, मुख पनि फेरिने किन सात समुद्रपारको यात्रामा नजाऔं ?’ हो, उनले आफैंभित्र प्रश्नसँगै तत्काल उत्तर खोजे । आखिर परदेश जाने निधो गरेर सन् १९९५ मा एकाउन्टिङमा स्नातक गर्न उनी अस्ट्रेलिया प्रबेस गरे । उनले अस्ट्रेलियाको माटो टेक्नासाथ रुचिको कर्मलाई निरन्तरता दिए । त्यो समयमा अहिले जस्तो नेपालीको बाक्लो उपस्थिति थिएन । उनको मनले सेवाको विकल्प सेवा नै देख्यो । त्यसैले त उनी भन्छन्– ‘म जीवनप्रति सधैं आशावादी छु । मानवीय प्रेम र कुवाको पानी खर्च गरेर कहिल्यै सकिंदैन । मान्छेलाई हँसाउँन सकेका दिन आफू थोरै सफल भएको भान पर्छ नन्दलाई । घृणा र हिंसालाई मैले कहिल्यै प्रेम गर्न जानेनन उनले ।’
नेपालीको बाक्लो उपस्थिति रहेको ग्रान्भील नेपलिज कम्युनिटीको नेतृत्व हाँकिसकेका गुरुङले प्रवासका नेपालीको अभिभावकीय भूमिका निभाउने कार्यमा सधै अगाडी बढे । एनआरएनए अष्ट्रेलियामा सुरुवातदेखि नै विभिन्न रचनात्मक भूमिकामा रहेका गुरुङले यो क्रमलाई बुधबारसम्म निरन्तरता दिईरहेका छन् । बहुआयामिक व्यक्तित्व गुरुङ फुटवलका सौखिन पनि हुन् । साउथ वेस्टमा बस्ने नेपालीलाई समेटेर उनले स्पोर्टस क्लब पनि गठन गरेका छन् । गुरुङ त्यसको संरक्षक हुन् । अष्ट्रेलियाका नेपाली माझ चर्चित ग्रान्भील फुटबल क्लबको त उनी संस्थापक नै हुन् ।
एनआरएनएको अध्यक्ष भएपछि के गर्छन् त नन्दले ? पहिलो सेवा,दोस्रो सेवा अनि तेस्रो सेवा नै अनि म एकदशकभन्दा लामो समयदेखि कर्मभूमिको यो आँगनमा एनआरएनए लगायतका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर आफ्नो अभिभारा निस्वार्थ तवरले पुरा गर्दै आएको छु र अब पनि तेही गर्छु भन्छन नन्द । मैले जीवनका महत्वपूर्ण समय सुखसयल र मोजमस्ती भन्दापनि अष्ट्रेलियामा रहेका नेपालीका लागि, मातृभूमिका लागि र सामाजिक सद्भावका लागि खर्च गरेको तपाइँहरु सामु छिपेको छैन । पछिल्ला एकदशकमा अष्ट्रेलियामा नेपालीहरुको संख्यात्मक बृद्धिदर द्रुतगतिमा भएको छ, त्यो सँगसँगै धेरै समस्याहरु पनि हामीले प्रत्यक्ष र परोक्षरुपमा भोग्नुपरेको तथ्य सर्वविदितै छ । एनआरएनएको विभिन्न पदमा बस्दा मैले आफ्नो समय,बुद्धि र विवेकले भ्याएसम्म हरेक क्षेत्रमा सकृय स्वयंसेवीको भूमिका निर्वाह गरेको छु ।

उनी भन्छन्– विगत एकदशक भन्दा लामो एनआरएनए यात्रामा धेरै तितामिठा अनुभव संगालेको छु, नेपाली कला, भाषा र संस्कृति अनि सामाजिक सद्भावका यात्रामा धेरैपटक तपाइँहरुसँग नाचेको छु, हाँसेको छु र रमाइलो गरेको छु । अनि सातसमुन्द्र पारी सुन्दर भविश्यको खोजीमा आएका नेपालीको पीडामा धेरैपटक भक्कानिएर रोएको छु । म कर्म र इमान्दारीतामा विश्वास गर्छु, र एनआरएनएलाई यहाँ रहेका सबै नेपालीको साझा र सबल मञ्च बनाउनुपर्छ भन्ने मेरो दृष्टिकोण रहेको छ । एनआरएनएका आफ्ना उद्धेश्यहरु छन्, कार्ययोजना छन । यो एउटा पवित्र संस्थाको उचाइ र गरिमालाई माथि लैजान हाम्रो समाजमा भएका धेरै विषयवस्तुहरुलाई समेट्न अझै बाँकी भएको हामी धेरैले महसुस गरेकै छौ । म अहिले नै यसो गर्छु, उसो गर्छु भन्दापनि सम्पूर्ण शुभचिन्तक तपाइँहरुको आवाजलाई समेट्दै आफ्ना एजेण्डाका साथ अघि बढ्छु भन्ने प्रण गर्दछु । उनले आफुलाई एकपटक अध्यक्ष बनाएर समाजसेवा गर्ने अवसर दिन अस्ट्रेलिया बासी नेपालीलाई आग्रह गरेका छन । गुरुङले आफुलाई दिएको बिश्वास अस्ट्रेलिया बासी नेपालीलाई नतोड्ने जनाउदै एकपटक आफ्नो कार्यको सम्मान गरिदिन अनुरोध गरे । नन्दलाई अस्ट्रेलिया बासी धेरै नेपाली संघ सँस्थाको समर्थन रहेकाले उनको जित सुनिश्चित देखिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु