• हेर्नुस् आज मिति २०७९ साउन २४ गते, मंगलवारको राशिफलसाइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गैरआवसिय नेपाली संघ साइप्रसको अत्यन्तै जरुरी सूचना।नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।

    लायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार १०:१३

    काठमाडौँ, १६ साउन । काठमाडौँको बानेश्वरमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न र लमजुङको अमरज्योती प्राथमिक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।

    लायन्स क्लब अफ काठमाडौँ समर्पणले आज बानेश्वरमा आयोजना गरेको कार्यक्रममा केन्द्रमा बस्दै आएका बालबालिकाको लागि दाल, चामल, तेल, चाउचाउ, विस्कुट, थर्मसलगायतका सामाग्री सहयोग गरेको हो ।

    यस्तै, लमजुङको राईनास नगरपालिका–८ स्थित पिपलटारीमा रहेको अमरज्योती प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री सहयोग गरेको हो ।

    कार्यक्रममा क्लबका अध्यक्ष लबेन्द्रसिंह मल्लले अभिभावक विहिन भएका बालबालिकाको उज्वल भविश्यका लागि बालआश्रमले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

    क्लबका उपाध्यक्ष अखिल अग्रवालले लायन्स क्बलले सबै संस्थामार्फत सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

    लायन्स क्बल डिस्ट्रिक को चिफ एडभाइजर भीम पौडेलले सेवाको भावना बोकेर स्थापना भएको लायन्स क्बलले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    ईञ्जिीनीयर पङ्कज जलानले युवाहरुलाई अगाडि बढाएमात्र देशको विकास हुने भएकाले युवालाई उचित शिक्षा प्रदान गर्न बालआश्रमलाई आग्रह गर्नुभयो ।

    विस २०६४ सालमा स्थापना भएको बालआश्रमले सुरुमा आमाबाबु नभएका १३ बालबालिकालाई सेवा प्रदान गरेको थियो । अहिले ५५ बालबालिकालाई बालआश्रममा राखेर सेवा प्रदान गर्दै आएको नयाँ नेपाल समाज केन्द्रका अध्यक्ष कृष्णराज गुरुङले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–३१ मा सञ्चालनमा रहेको उक्त बालआश्रममा सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङलगायतका बालबालिका बस्दै आएका छन् ।

    कार्यक्रममा अमरज्योती प्रावि लमजुङका प्रधानाध्यापक हरीमाया घिमिरेले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री सहयोग गरेर ठूलो गुन लगाएको भन्दै लायन्स क्लब अफ काठमाडौँ समर्पणलाई धन्यवाद दिनुभयो ।

    एक दशक पहिले काठमाडौँको सानेपामा स्थापना भएको उक्त लायन्स क्लबले गत वर्ष कोरोना सुरुवाती चरणमा २०० सिलिण्डरसहित ‘अक्सिजन बैँक’ स्थापना गरि समाजसेवा गर्दै आएको थियो ।

    क्लबले कोरोनाको दोस्रो चरणमा ललितपुरको जावलाखेलमा ‘जे एण्ड जे कोभिड क्लिनीक’ स्थापना गरि गरिब तथा विपन्न व्यक्तिलाई निःशुल्क कोरोना परिक्षण मिलाएको क्लबका प्रवक्ता एवम् सदस्य विवेक शर्माले जानकारी दिनुभयो । क्लबले आगामी दिनमा पनि समाजसेवालाई निरन्तरता दिने प्रवक्ता शर्माको भनाई छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु