बालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार १५:२०

देवघाट/चितवन उद्योग संघ महिला उद्यमी मञ्च र ग्रिनतारा नेपालको संयुक्त आयोजनमा वालबालिकाहरुको हकहित र संरक्षणको निम्ति २०२१ मार्चदेखि विधिवत् रुपमा सञ्चालनमा रहेको लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम)का बालिकाहरुलाई लक्षित गरी क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरियो ।
सचेतना कार्यक्रममा चितवन मेडिकल कलेज (शिक्षण अस्पताल) प्रसुति शाखा प्रमुख सिनियर नर्स रेनु सुवेदी राउतले महिलाहरु हुन सक्ने विभिन्न खाले क्यान्सरहरुको जानकारी र त्यससँग बच्न सक्ने उपायका बारेमा र सरकारी अस्पतालकी कार्यरत सिनियर नर्स सरुमाया गुरुङले महिलाहरुले स्वास्थ्यमा अपनाउनु पर्ने महत्वपूर्ण जानकारीका बारेमा प्रष्ट्याएका थिए ।

क्यान्सर सचेतना कार्यक्रममा चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेल, कोषाध्यक्ष दिपा न्यौपाने, रामजानकी बालिका आश्रमका महासचिव रामेश्वर खनाल, अध्यक्ष साबित्री टण्डन, महिला उद्यमीहरु राधा शर्मा पौडेल, गीता पौडेल, दिपिका खड्की, चितवन ग्रिन लायन्स क्लवका अध्यक्ष एवं आश्रमका सञ्चालक समिति सदस्य गुणराज दाहाल, कायाकैरनको दैनिककी शिरिषा सापकोटा, चितवन पोष्टकी सुमित्रा कँडेल सापकोटा लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु