• नेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।हेर्नुहोस् आज मिति २०७९ साउन २३ गते, साेमवारको राशिफलपर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनपछिल्लो २४ घण्टामा देशभर ५५३ जना कोरोनाभाइरस संक्रमित थपिएआईतवार नेप्से सूचक १०.२७ अंकले बढेर २१२३.८३ बिन्दुमारुविका र दिनेश वर्षका उत्कृष्टरिङ्ग रेस्लिङ्गको अन्तराष्ट्रिय तालिम हुनेनागरिकता विद्येयक फिर्ता गर्न राष्ट्रपति भण्डारीलाई नागरिकता अध्ययन कार्यदलको आग्रह, बुझायो ज्ञापनपत्रहेल्थ एट होममा अब रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा पाउनेनेकोसको मुख्य आयोजनामा सेन्ट जोन्स स्कुल बुढानिलकण्ठ नगरपालिका ८ मा निःशुल्क स्वास्थ्य शिविर सपन्न

    फुर्के धागो २ सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १७:५९

    काठमाडौं ।‘फुर्के धागो’ बोलको गीतको अपार सफलता पछि ‘फुर्के धागो २’ मंगलबार सार्वजनिक भएको छ। गीत ‘जननी नेपाल’ नामक युटुब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।

    उक्त गीतमा प्रभा बर्तौलाको शब्दमा रहेको गायक तथा संगीतकार थानेश्वर गौतम र शोभा गौतमको स्वर रहेको छ। संगीत गायक गौतमले नै भर्नुभएको छ ।

    भुवन लामाको निर्देशन र उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा मुख्य अभिनय कलाकार अन्जली अधिकारी र नयन डिसीको रहेको छ। यस्तै गीत एरेन्जमा उदयराज पौडेलको,भिडियो सम्पादक वीर बहादुर थारु रहेको उक्त गीतमा मिडिया संयोजन उमेश थपलियाको रहेको छ । फुर्के धागो २ बोलको गीत र भिडियोले सम्पूर्ण दर्शक स्रोताको मन जित्ने निर्माण टिमले दाबी गरेको छ ।

    कलाकारिता क्षेत्रमा गीतकार बर्तौला र गायक गौतमको सहकार्य उत्कृस्ट देखिन्छ। बर्तौलाको शब्द तथा गौतमको आवाज र संगीतमा रहेको ‘फुर्के धागो’, ‘छुट्नलाई पो रैछ क्या रे’, लगायत बोलका गीतको चर्चा गाउँदेखि सहरसम्म उत्तिकै छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु