जन्मभूमि बसेका नेपाली अव सहज यूएई आउन सक्ने”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १९:३४

-सचिन्द्र श्रेष्ठ
२०७८ साउन १९

संयुक्त अरब इमिरेट्स (युएइ) ले निम्नानुसारका नेपालीहरूलाई आगामी ५ अगस्ट २०२१ देखि लागू हुने गरी युएइ प्रवेश खुला गरेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरेको छ-
१. युएइको आवासीय भिसा भएका र युएइमा कोभिड-१९ विरुद्धको दुवै मात्रा खोप लगाई सोको प्रमाणपत्र लिएका।
२. युएइको आवासीय भिसा भएका तर खोप नलगाएका निम्न व्यक्तिहरू-

 युएइको सरकारी निकायमा कार्यरत व्यक्ति,
 युएइमा कार्यरत स्वास्थ्यकर्मी,
 युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक,
 युएइमा उपचार चलिरहेका व्यक्ति,
 विशेष मानवीय परिस्थिति (Humanitarian Cases) भएका व्यक्ति।

उल्लिखित अवस्थाका नेपालीहरूले युएइ प्रवेशका लागि निम्नानुसारका प्रक्रिया पूरा गर्नुपर्नेछ-

१. युएइको Federal Authority for Identity and Citizenship बाट युएइ प्रवेशका लागि अनुमति लिनुपर्ने,
२. ४८ घण्टाभित्रको PCR Negative Report हुनुपर्ने,
३. नेपालको विमानस्थलमा Rapid Test हुने,
४. युएइका विमानस्थलमा अवतरण भएपछि PCR परीक्षण हुने,
५. क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने।
राजदूतावासको अनुरोधलाई समेत मध्यनजर गरी महत्त्वपूर्ण निर्णय गरेकोमा युएइ सरकारलाई धन्यवाद व्यक्त समेत गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु