• हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार १५:३५

    काठमाडौँ । मोडल एंव निर्देशक हेरुका लामाको निर्देशन र कोरियोग्राफिमा‘हल्का हल्का’बोलको गीत बजारमा आएको छ ।उक्त गीतको म्युजिक भिडियो उनै मोडल एंव निर्देशक हेरुका लामाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

    मिन सागर लामाको शब्द,गायिका शशिकला मोक्तानको आवाज,चन्द्र कुमार दोङ्को
    संगीत र स्वर्गिय एरेन्जर बबी घतानीको संगीत संयोजनमा उक्त गीत तयार गरिएको हो ।

    पेमजोङ लामाले निर्माण गरेको उक्त भिडियोमा सबु गोले,बसन्ती लामा ब्लोन,सञ्जय थापा, राज दोङ तामाङ र हेरुका लामाको अभिनय रहेको छ । रेबन्त बिक्रम थापाले खिचेको भिडियोलाई राजु तामाङ दोङ्ले कलर र सम्पादन गरेका हुन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु