२१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार गरिएको पिसीआर र एन्टिजेन विधिबाट १८ हजार ४०८ नमुना परीक्षण गर्दा ३ हजार ९३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । बुधवारको तुलनामा संक्रमित हुनेको संख्या आज केही घटेको हो ।
आज काठमाडौंमा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ जना गरी उपत्यकामा आज १०७५ जना नयाँ संक्रमित थपिएका छन् । बुधवारको तुलनामा आज उपत्यकामा संक्रमित हुनेको संख्या झण्डै ३ सयले कमी हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । आज थपिएका ३७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १२ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३१ हजार १०८ जना होम आइसोलेशनमा र ३ हजार ३१४ जना संस्थागत आइसोलेशनमा उपचारत रहेका छन् ।
मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७१३ जना र भेन्टिलेटरमा १५८ जनाको उपचार भइरहेको छ ।
त्यसैगरी मंगलवार देशैभरी ३४ हजार ४२२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ३९ लाख ९९ हजार ७९९ नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ७ लाख ७३ हजार ८६० पुगेको छ ।