२२ साउन, काठमाडौं । हाल देशैभरी रहेको मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न भू–भागमा हल्का देखि भारी वर्षा भइरहेको छ।
मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि प्रदेश नं १, गण्डकी र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन ÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाद्धारा जारी सूचनामा उल्लेखछ ।