दुःखी गरिवको साथ, भिक्षु हुवे क्वाङज्युको हात “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार १३:४५

काठमाडौ ।बुढानिलकण्ठ स्थित बोधिसत्व बिहारका प्रमुख भिक्षु हुवे क्वाङज्युको विशेष उपस्तिथिमा काभ्रेको पाँचखाल नगरपालिका वडा नं २ अनेकोटमा कोरोना भाइरस (कोभिड -१९) को महामारीबाट आफ्नो दैनिकी गुमाई जीवन धान्न कठिन भएका २ सय घरपरिवारलाई राहत प्याकेज वितरण गरियो । राहत प्याकेजमा चामल एक बोरा,तेल २ लिटर,आँटा ५ केजि, मुसुर दाल २ केजि,कालो दाल २ केजि ,मसला,नुन, चिनी,साबुन २ पिस लगायतका सामान रहेको थियो ।

राहत वितरण कार्यक्रम वडा नं २ स्थित देविस्थान र तिनकुनेमा भएको थियो । सो कार्यक्रममा नगरपालिकाका उपमेयर लक्ष्मी दनुवार,वडा नं २ का अध्यक्ष हरिराम खतिवडा,स्थानिय समाजसेवी राम चौलागाईं, रामेश्वर दाहाल, राहत कार्यक्रमका संयोजक डा. पियरत्न महर्जन र डा.भिक्षु राजु लामाको उपस्थिति रहेको थियो । कार्यक्रमको स्थानिय रुपमा संयोजन स्थानिय एवं नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष खतिवडाले यो ठाउँ छनौट गरि आउनु भएकोमा आयोजक संस्था एवं पहलकदमी गर्ने ब्यक्तिहरु धन्यवादको पात्र रहनुभएको बताउनु भयो । उपमेयर दनुवारले राहत जसलाई आवश्यक छ त्यस्तालाई मात्र वितरण गर्नुपर्छ र यदि कसैलाई आवश्यक पर्दैन भने त्यस्ता ब्यक्तिले राहत फिर्ता गरि अरुलाई वितरण गर्न सहयोग गर्नुपर्ने कुरा बताउनु भयो । अन्त्यमा स्थानिय रुपमा नाम संकलनदेखि वितरणको बेलासम्म सबैको व्यवस्था मिलाउने स्थानीय समाजसेवी रामेश्वर दाहालले आफ्नो मन्तव्यमा उपस्थित सबै र राहत ब्यवस्था गर्ने सबैलाई धन्यवाद दिँदै आफ्नो मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु