बागलुंङका नेवाहरुले पनि आज गठे मंगल मनाए”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार १७:०२

-सचिन्द्र श्रेष्ठ,श्रावण २२
काठमाडौं उपत्यका सहित देशभरका नेवा समुदायले आज गठेमंगल (गठामुंगः) पर्व बागलुङमा पनि धुमधाम सँग मनाएका छन् । नेवा समुदायले घर शान्तिको कामना सहित राक्षसी स्वरूपको घन्टाकर्णको पूजा गरेर यो पर्व मनाउने गर्छन् ।
साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठेमंगललाई घन्टाकर्ण चतुर्दशी भन्ने प्रचलन पनि छ ।
दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफासुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको साथै चाडपर्ब र जात्राको सुरुवात हुने नेवा ल्यामह पुच:बागलुङका सदस्य अनम श्रेष्ठले बताए।
यो पर्वको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गर्ने साथै चोक मा लगेर एक साथ जलाऊने परम्परा छ ।
त्यसअघि, नेवा समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई परिक्रमा गराउने गर्छन् ।
केही ठाउँमा भने विभिन्न ठाउँमा भएका गठेमंगल एकत्रित गरेर जलाउने प्रचलन रहेको रहेको पाइन्छ ।
परापूर्वकालमा नास्तिकले ‘भगवानको नाम सुन्न नपरोस भनी कानमा घण्ट झुन्ड्याएको र उसको आतंकले अप्ठ्यारो परेकाले दहन गरिएको नेवारी समुदायमा कथन रहेको पुच:का अध्यक्ष जय राजभण्डारीले बताए।
घरभित्र र बाहिरका फोहोरलाई सरसफाई गरी यसलाई व्यवस्थित रुपमा बिसर्जन गरी भुतप्रेत पन्छाउने नाम दिए पनि यो पर्व सरसफाईको प्रतिकका रुपमा मनाउने चलन छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु