पछिल्लो २४ घण्टामा ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार १७:२७

काठमाडौं । पछिल्लो २४ घण्टामा ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ८८५ जना निको भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु