साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

एनआरएनए युकेको अध्यक्षमा प्रेम गाहामगर सहित उनको प्यानल नै विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार ०७:५१

लण्डन । अन्तत धेरै बिबादपछी एनआरएनए युकेको निर्वाचनको नतीजा घोषणा भएको छ । निर्वाचन समितिले एक पत्रकार सम्मेलन गरी नतीजा घोषणा गरेको हो । सार्बजनिक नतिजाअनुसार अध्यक्षमा प्रेम गाहामगरसहित उनको प्यानल नै विजयी भएको छ । यसैगरी उपाध्यक्षमा सुनीलबाबु खड्का र गोविन्द खरेल, महिला उपाध्यक्षमा विमला लिम्बु विजयी भएका छन् । महासचिवमा खुसी लिम्बु , सचिबमा विष्णु चालिसे, ज्ञानेन्द्र आले र नम्रता गुरुङ महिला सचिवमा विजयी भएकी छन भने कोषाध्यक्षमा विष्णु खरेल विजयी भएका छन् । यसैगरी यूवा संयोजकमा तीर्थ मल्ल (अनिल) र इङ्ल्याण्ड राज्य परिषदको अध्यक्ष पदमा लालबहादुर (एलबीजेड) गुरुङ विजयी भएका छन । एनआरएनए यूके अध्यक्षमा प्रेम गाहामगर विजयी भएका छन । एनआरएनए यूकेको इतिहासमा पहिलोपटक भएको अनलाइन मतदानमा उनले अध्यक्षका अरु दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई पराजित गरेका हुन् ।
निर्वाचन समितिले शुक्रबार मध्यरातमा एक पत्रकार सम्मेलन आयोजना गरी निर्वाचित कार्यसमिति घोषणा गरेको हो । अध्यक्षमा गाहामगरले ४ हजार ५ सय ७४ मत ल्याएका छन् भने अन्य उम्मेद्वार श्रेष्ठ र प्रधानले क्रमश: २ हजार १ सय ९१ र २ हजार १ सय ४८ मत प्राप्त गरेका छन् । अध्यक्षसहित कार्यसमितिका सबै पदमा गाहामगरकै समूह विजयी भएको छ । एनसीसी यूकेको २ उपाध्यक्षहरुमा सुनिलबाबु खड्का ४ हजार १ सय ६९ र गोविन्द खरेल ३ हजार ६ सय ६५ मतसहित विजयी भएका छन् । सोही पदका अन्य प्रत्यासीहरु पवन शर्माले २ हजार ३ सय ६४ , तेजेन्द्र रोकाले १ हजार ४ सय ३५ र अमन गौचनले ९ सय २५ मत पाए ।

महिला उपाध्यक्षमा मतसहित शकुन्तला गुरुङ ३ हजार ७ सय ४३ ल्याएर विजयी भइन् । उनका दुई प्रतिस्पर्धी सरस्वती केसी २१५२ र प्रसुना कंडेलले २ हजार ४ सय ६९ मत प्राप्त गरे । नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा नारायण कंडेल ४ हजार ४ सय ९५ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी नारायण कुँवरले २ हजार ७ सय ४८ मत पाए । एनसीसी उपाध्यक्षमा स्कटल्यान्डबाट मोहन कार्कीले ४ हजार ५ सय ९५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी छबिलाल अर्यालले २ हजार ९ सय ९ मत पाए ।
एनआरएनए यूके महासचिवमा खुशी लिम्बू ३ हजार ७ सय ४७ मतसहित विजयी भएका छन् । उनीसंगै प्रतिस्पर्धामा रहेका जीत रानाभाटले २ हजार ६ सय ३९ र डा मुकुन्द बांस्तोलाले २ हजार ३ सय २५ मत ल्याए । २ सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ विजयी भए भने कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्माले जीत हात पारे । युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भए । कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भए ।

इंग्ल्याण्डमा गुरुङ र स्कटल्यान्डमा भन्डारी
घोषित नतिजाअनुसार एनआरएनए इंग्ल्यान्ड राज्य परिषदमा एलबीजेड गुरुङ र स्कटल्यान्डमा काशिराम भन्डारी अध्यक्ष विजयी भएका छन् । इंग्ल्यान्डको अध्यक्षमा विजयी गुरुङले ३ हजार ६ सय २३ मत पाए भने प्रतिद्वन्दी डा मीन रानाभाटको ३ हजार १ सय ४१ मत आयो । परिषदको उपाध्यक्षमा भक्त दर्जी, सचिवमा रामप्रसाद पन्थी र कोषाध्यक्षमा सचिन भट्टराई विजयी भए । यस्तै स्कटल्यान्ड राज्य परिषदमा काशिराम भन्डारी ५ सय २२ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी दिवाकर पाण्डेले २ सय ५० मत ल्याए ।
स्कटल्यान्ड परिषदको उपाध्यक्षमा उज्वल कार्की, सचिवमा मनिष खत्री, सहसचिवमा यशोदा सुमी भन्डारी र कोषाध्यक्षमा शर्मिला भन्डारी, सहकोषाध्यक्षमा प्रजापति शर्मा विजयी भए ।सदस्यमा बलिभद्र अमै, कमला श्रेष्ठ, कृष्ण देवकोटा र टिकाराम खराल विजयी भएका छन् ।
वेल्स र नर्दन आयरल्यान्डमा यसअघि नै निर्विरोध भएको थियो ।
निर्बाचन घोषणा गर्नुअघि निर्वाचन समिति र च्वाइस भोटिङका बीच बैठक बसी च्वाइस भोटिङले अन्तिम परिणाम निर्वाचन समितिलाई बुझाएको जनाईएको छ । एनआरएनए युकेको निर्वाचनमा अध्यक्ष पदका लागि प्रेम गाहा मगर ,रोजिना प्रधान राई र दीपक श्रेष्ठ मैदानमा रहेका थिए ।
अगष्ट २ मा सम्पन्न निर्वाचनमा ११ हजार भन्दा बढी मतदाता रहेका थिए । एनआरएनए युकेमा यसपटक पहिलोपटक अनलाइन मतदान भएता पनि निर्बाचन सकिएको चार दिनपछि नतिजा सार्बजनिक गरिएको हो । धेरै बिरोधपछी निर्बाचन समितिले नतिजा सार्बजनिक गरेको हो ।

बक्सर र गोर्खासैनिक हुँदै एनआरएनए यूके अध्यक्षसम्मको यात्रामा गाहामगर
संघमा आर्थिक पारदर्शीता र गोर्खा मुद्दालाई प्राथमिकता दिएका गाहामगर नेपालमा राष्ट्रिय बक्सिङ खेलाडी थिए । गाहामगरले सन् १९९६ मा ब्रिटिश गोर्खामा प्रवेश गरेका थिए । त्यस लगत्तै सन् १९९७ मा उनले ब्रिटिश सेनाको तर्फबाट विभिन्न मुलुकमा भएका बक्सिङ प्रतियोगितामा भाग लिएका थिए।
सामाजिक सेवामा सधैं दत्तचित्त गाहा मगर एनआरएनए यूकेमा दुई पटक उपाध्यक्ष भएका थिए । पहिलो पटक उपाध्यक्ष हुँदा (२०१७-१९) उनले बक्सिङ शो सहित च्यारिटी डिनर, नेपालका अपांग दाजुभाई दिदी बहिनीहरुको सहयोगार्थ कार्यक्रम तथा भ्वाइस अफ नेपाल कन्सर्ट सफलतापूर्वक सम्पन्न गरे । गत वर्ष कोरोना संक्रमणबाट भूतपूर्व गोर्खा परिवारलाई जोगाउन उनले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री समेत निशुल्क वितरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु