ग्राण्डी अस्पतालमा सघन उपचार नर्सहरूको प्रशिक्षण सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २४ श्रावण २०७८, आईतवार १४:१२

काठमाडौँ, २४ साउन । काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सघन उपचार नर्सहरूका लागि सञ्चालित प्रशिक्षण सम्पन्न भएको छ ।

चरणबद्ध रुपमा सञ्चालन भएको तीन महिना लामो यस प्रशिक्षणमा विभिन्न अस्पतालहरुबाट सहभागी भएका नर्सहरुले सघन उपचार नर्सका रुपमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आयोजित एक समारोहका बीच अस्पतालका सीईओ डा नोनिका गोयल,नेपाल क्रिटिकल केयर सोसाइटीका अध्यक्ष्य डा सुवास आचार्य,संक्रामक रोग विशेषज्ञ डा अनुप सुबेदीले तालिममा सहभागी भएका हरुलाई संयुक्त रुपमा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

कार्यक्रममा ग्राण्डी अस्पतालका नर्सिङ डाइरेक्टर तथा इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल कि अध्यक्ष्य एल डि महर्जन, अस्पतालकी नर्सिङ्ग उपनिर्देशक तथा क्रिटिकल केयर नर्सिङ्ग एसोसिएसनकी अध्यक्ष्य लक्ष्मी केसी, शिक्षण अस्पातल महाराजगंज कि नर्सिङ डाइरेक्टर कबिता देवकोटा लगायतले तालिम सकेर प्रमाणपत्र पाएका नर्सहरूले स्तरीय सघन उपचार सुनिश्चित गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।

नेपाल क्रिटिकल केयर सोसाइटी का अध्यक्ष्य डा सुवास आचार्यले देशभर सघन उपचारको लागी नर्सहरुलाइ यस किसिमको प्रशिक्षण अपरिहार्य रहेको भन्दै उनले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल तथा क्रिटिकल केयर नर्सेज एसोसियसन अफ नेपालले नेपालमा नै पहिलो पटक सुरु गरेको यो तालिम कार्यक्रम अत्यन्त अनुकरणीय रहेको बताउनु भयो । त्यसैगरी संक्रामक रोग विशेषज्ञ डा अनुप सुबेदीले देशभरका सघन उपचारकक्षमा स्तरीय सघन उपचार नर्सिङ सेवा उपलब्ध गराउनका लागि यो तालिम प्रभावकारी बन्ने बताउनुभयो ।

देशभरका विभिन्न अस्पतालमा कार्यरत सघन उपचार नर्सहरुलाई दक्षता अभिवृद्धि गर्न यस किसिमको तालिमको आवश्यकता महसुस गरी ग्राण्डी अस्पतालले तालिम सुरु गरेको हो । तालिममा विभिन्न चरणका छनोट परीक्षा उतीर्ण गरेर आएका १२ जना नर्सहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु