एकैदिन देशभर कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २४ श्रावण २०७८, आईतवार १८:०६

काठमाडौं, २४ साउन । आज एकैदिन देशभर कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । कोरोनाको दोस्रो भेरियन्ट आएपछिको यो हालसम्मकै सर्वाधिक मृत्यु हो । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज २ हजार ५ सय ४८ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख १४ हजार ८ सय ७७ पुगेको छ । त्यस्तै, आज २ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा ६ लाख ६९ हजार २ सय ९९ जना संक्रमणमुक्त भएका हुन् । मन्त्रालयको अनुसार २४ घन्टामा नेपालमा १२ हजार ३ सय ७८ जनाको कोरोना परीक्षणमा २१ सय ३७ पिसीआर र ४११ एन्टिजन विधिबाट संक्रमण पुष्टि भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु