पछिल्लो २४ घण्टामा देशभर ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १७:५४

२५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १०,४४५ पीसीआर परीक्षण गर्दा २,६०९ र ६,१४९ एन्टीजेन परीक्षण गर्दा १०४२ गरी ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १ हजार ७८४ जना निको भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु