• एनआरएनए मलेसियाको सातौं अधिवेशनबाट आईसिसि सदस्य र नयाँ कार्यसमिती निर्बिरोध निर्बाचित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार १७:०९

    काठमाडौँ । गैरआवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद एनआरएनए मलेसियाको सातौं अधिवेशनबाट आईसिसि सदस्य र नयाँ कार्यसमिती निर्बिरोध निर्बाचित भएको छ ।

    एनआरएनए मलेसियाको सातौं अधिवेशनबाट 2021-23 कार्यकालको आईसिसि सदस्यमा उम्मेदवारी दिएका मध्य टेक टमाटाले उम्मेदवारी फिर्ता लिएपछि आईसिसि सदस्यहरु शुभद्रा कुमारी लिम्बु,रमेश प्रसाद तिवारी,लाल बहादुर आले(सुन्दर),नन्द बहादुर क्षेत्रि(नेत्र) र बिरेन्द्र कुमार नेगी निर्बिरोध निर्वाचित भएको एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले बताए ।

    न्यौपानेको अग्रसरतामा एनआरएनए मलेसियामा निर्बिरोध नयाँ कार्यसमिति चयन भएको हो । यसअघि नै एनआरएनए मलेसियामा विनोद बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएर कार्यसमितीले सपथ समेत खाईसकेको छ ।

    कार्यसमितिको बरिस्ठ उपाध्यक्ष इन्द्र नारायण लिम्बू, उपाध्यक्ष हेमराज सापकोटा, राकेश प्रसाद महतो,दिल कुमार केरुङ, महासचिव रञ्जित कुमार क्षेत्री, सचिब नारायण अधिकारी, रोशन सुब्बा, कोषाध्यक्ष कृष्ण प्रसाद नेपाल, सह-कोषाध्यक्ष बलध्वज लिम्बू , युवा संयोजक अरुण गिरी र महिला संयोजकमा मिना पूरी गिरी निर्बिरोध निर्बाचित भएका छन ।

    भने कार्यसमिती सदस्यहरुमा सन्तोष कार्की,पासाङ्ग लामा,वीरेन्द्र कार्की,विष्णु प्रसाद बराल,श्याम बहादुर श्रेष्ठ,टेक बहादुर अधिकारी लगाएत १८ जना सर्व सम्मतीबाट निर्बिरोध निर्वाचित भएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु