• उपत्यकामा बिहिवारदेखि राति ८ बजेपछि अत्यावस्यक बाहेकका सवारी साधन चलाउन नपाइने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार २०:३३

    २६ साउन, काठमाडौं । उपत्यकामा बिहिवारदेखि राति ८ बजेपछि अत्यावस्यक बाहेकका सवारी साधन चलाउन नपाइने भएको छ ।

    पछिल्लो समय उपत्यकामा कोरोना भाइरस संक्रमण पुनः बढ्दै गएपछि मंगलबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले राति ८ बजेदेखि अत्यावस्यक बाहेकका सवै सवारी साधन चलाउन नपाइने निर्णय गरेको हो ।

    रातिको ८ बजेपछि धेरै सवारी साधन गुड्ने गरेको तथा रातिको समयमा होटल लगायतका ठाउँमा मानिसहरुको भिडभाड हुने गरेका कारण यसले संक्रमणको जोखिम बढाएको भन्दै यस्तो निर्णय गरिएको ललितपुर जिल्ला प्रमुख अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिएका छन् ।

    त्यसैगरी उक्त बैठकले उपत्यकामा भदौ ८ गतेसम्म निशेधाज्ञा यथावत राख्ने निर्णय समेत गरेको छ ।
    हाल जारी रहेको निशेधाज्ञाको अवधि भोली बुधबार सकिदैछ । बिहीवारदेखि निशेधाज्ञा पहिलेको जस्तै यथावत रहनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु