छायाँ नेपाल द्वारा स्वास्थ्य चाैकी तथा बर्थीङ्ग सेन्टरकाे उदघाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ श्रावण २८ गते, बिहीबार १७:०६

ललन कुमार चौरसिया ।

रौतहट २८ साउन । राैतहट जिल्लाकाे कटहरिया नगरपालिका वडा नं ३ विरतीप्रष्टोकामा स्वास्थ्य चाैकी तथा बर्थीङ्ग सेन्टरकाे उदघाटन गरिएको छ ।साे नगरपालिकाकाे वडा नम्बर ३ बिर्ती प्रष्टाेकामा स्वास्थ्य चाैकीकाे समुदघाटन गरिएको हाे ।

बिहिबार एक कार्यक्रमका बिच साे भवनकाे निर्वतमान कटहरिया नगरपालिकाको नगरप्रमुख सियाराम कुशवाहा तथा छायाँ नेपालकाे कार्यकारी निर्देशक कमल थापा ज्यूको संयुक्तरूपमा उदघाटन गर्नु भएको थियो । राष्ट्रिय अपांग कल्याण संघ नेपालकाे आयाेजना र कटहरिया नगरपालिका तथा छायाँ नेपालकाे सहकार्यमा साे भवन निर्माण भएकाे हाे । राष्ट्रिय गान बाट सुरूआतमा ज्ञातअज्ञात सहिदहरूकाे समझनामा एक मिनेट माैन धारण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य बिदयानन्द राैनियारले राख्नु भएको थियाे भने कार्यक्रम सञ्चालन हरेन्द्र साहले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरू लाई फूलमाला लगाई गमछा ओढाएर सम्मान गरिएको थियो । करिब ४१ लाखकाे लागतमा साे भवन निर्माण भई आज उदघाटन गरिएको राष्ट्रिय अपांग कल्याण संघ नेपालका राैतहट अध्यक्ष राजेश साहले जानकारी गराउनु भयाे । कम्पाउन्ड बाल करिब १५ लाखकाे लागतमा निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष बिदयानन्द राैनियारले जानकारी गराउनु भयाे । निर्वतमान प्रदेश सांसद कुशवाहाले स्वास्थ्य क्षेत्रमा कटहरिया नपाकाे काम सराहनीय रहेकाे बताए । केही प्रतिक्रियावादी शक्तिले कटहरिया नपा लाई पछाडि पार्न लागि परेकाे बताए । तर त्यस्ता मानसिकता बाेकेका व्यक्तिहरूकाे मनसाय सफल नहुने उल्लेख गरे । ठेक्का पट्टा बाट हुने गरेकाे काम ठेकेदारकाे चरम लापारवाहीले पूरा नहुने गरेकाे बताए । ७० प्रतिशत बिलाे सम्म ठेक्का सकार गर्ने र समयमा कामै नगरिदिनेका कारण जनता मारमा परिरहेको बताए । कार्यक्रम लाई सम्बाेधन गर्दै नगरप्रमुख कुशवाहाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरिरहेकाे बताए । जनताकाे सेवाकाे लागि आफूहरू दिनरात लागिपरेकाे बताए । आफूहरूकाे कार्यकाल केहि समय मात्र बाकि रहेकाेले विकासकाे गति तिव्र रूपमा अगाडि बढिरहेकाे बताउनु भयाे । अन्य पालिका भन्दा कटहरिया नपाले स्वास्थ्यले विशेष प्राथमिकतामा राखि तिनतिन वटा एमबिबिएस डाक्टर राखेर सेवा दिईरहेकाे जानकारी गराएका थिए । त्यस्तै कार्यक्रममा सम्बाेधन गर्दै नगर प्रवक्ता चन्दन कुशवहाले कटहरिया नगरपालिकाकाे स्वास्थ्य सहित विभिन्न क्षेत्रमा फड्को मारेकाे दाबी गरे । अझ स्वास्थ्य क्षेत्रमा नपा लगानी गरिरहेकाे बताए । साे अवसरमा छाया नेपाल द्वारा करिब साढे तिनलाखकाे स्वास्थ्य सामाग्री नगरप्रमुख कुशवाहालाई हस्तान्तरण गरिएको थियोे । साे अवसरमा निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा,नगरप्रमुख सियाराम कुशवाहा, कटहरिया नगर प्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर १ का वडाध्यक्ष राजकुमार साह , वडा नम्बर २ का वडाध्यक्ष हरिन्द्र साह,वडा नम्बर ९ का का.वा. वडाध्यक्ष मनाेज साह,

वडा सचिव नन्दलाल प्रसाद साह,छाया नेपालका कार्यकारी निर्देशक कमल थापा,प्राेजेक्ट प्रबन्धक राम महर्जनका स्थानीय भद्रभलादमी ,बुद्धिजीवीहरूकाे सहभागीता रहकाे राष्ट्रिय अपांग कल्याण संघ नेपाल राैतहटका सचिव ललन चाैरसियाले जानकारी गराउनु भयाे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु