गलाक मुवाँथाई फाइट हुनेपहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदैआज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आज

साताको अन्तिम दिन शेयर बजार नेप्से १६ दशमलब ३२ अकंले बढयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार १७:२२

२८ साउन, काठमाडौँ । साताको अन्तिम दिन शेयर बजार नेप्से १६ दशमलब ३२ अकंले बढेर ३१७८ दशमलब ९१ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ५ दशमलब ४६ अकंले बढेर ९५१ दशमलब १६ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२५ कम्पनीका १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैंया बराबरको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख ५४ हजार ६ सय ६० पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा अपर तामाकोशी, कामना सेवा विकास बैंक, साईन रोसुङ्गा डेभल्पमेन्ट बैंक, हाईड्रोईलेक्ट्रीसिटी एण्ड इन्भेक्ष्टमेन्ट डेभल्पमेन्ट कम्पनी, गरिमा विकास बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा एनआईबिएल प्रगती फण्ड, एनएमबी हाईब्रिड फण्ड १, सिद्धार्थ इक्यूटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दम धेरै कमाउनेमा महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साईन रोसुङ्गा डेभल्पमेन्ट बैंक, माउन्टेन इनर्जी, रुरु जलविद्यृत, जिवन विकास लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन । पाँचथर पावर कम्पनी,आई.सि.एफ.सि डेभेन्चर २०८३, ओरियन्टल होटल्र्स, सारथी नेपाल लघुवित्त, तारागाँउ रिजेन्सी होटल्स लगायतका कम्पनीका लगानीकर्ताहरु गुमाउनेमा परेका छन ।

आज भएको कारोबारमा ९४ कम्पनी लागनीकर्ताले कमाउदाँ ८८ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ४ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु