साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

सामाजिक सेवामा सक्रिय ‘लायन्स क्लब अफ काठमाडौँ उडान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार २०:२८

काठमाडौँ, २८ साउन । लायन्स क्लब अफ काठमाडौँ उडान सामाजिक सेवामा सक्रिय बन्दै गएको छ । रिमा अग्रवालको अध्यक्षतामा आठ वर्ष पहिले स्थापना भएको काठमाडौँ उडानले सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको हो ।

चीनको वुहान राज्यबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वका विभिन्न मुलुक हुँदै नेपालमा पनि भित्रिएपछि अफ्ठयारोमा परेका जनतालाई राहतका लागि लायन्स क्लब अफ काठमाडौँ उडानले काम गरेको हो ।

लायन्स क्लब अफ काठमाडौँ उडानका अध्यक्ष प्रिति सिंघानियाले गतवर्षको कोरोना महामारीको समयमा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारत १०० कोरोना विरामीलाई निःशुल्क खाना वितरण गरिएको जानकारी दिनुभयो ।

गरिब तथा विपन्न परिवारलाई सहयोग गर्दै आएको उक्त क्लबले बेलाबेलामा रक्तदानलगायतका सामाजिक काम गर्दै आएको छ । नेपालमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि सरकारले वैशाख १६ गतेदेखि पुन निषेधाज्ञा जारी ग¥यो । उक्त निषेधाज्ञाका कारण आफ्नो गुजारा चलाउन गाह्रो भएका गरिब तथा विपन्न वर्गका व्यक्तिलाई लायन्स क्लब अफ काठमाडौँ उडानले खाद्यान्न वितरण गरेको थियो ।

लायन्स क्लब अफ काठमाडौँ उडानकी सचिव नेहा अग्रवालले दोस्रो चरणको कारोना महामारीका समयमा ५० घरपरिवारलाई चामल, दाल, आलु, तेललगायतका खाद्यान्न सामाग्री सहयोग गरिएको बताउनुभयो ।

महिलाहरुकै सक्रियतामा स्थापना भएको उक्त लायन्स क्लबले पछिल्लो समय महिला लक्षित कार्यक्रम अगाडि सारेको छ । महिलाहरुको स्वास्थ्यलाई ख्यालमा राखेर महिलामा हुने महिनावारी समस्याको समाधानका लागि रि युजेवल सेनिटरी प्याड वितरण गरिएको अध्यक्ष सिंघानिया बताउनुहुन्छ ।

लायन्स क्बल अफ काठमाडौँ उडानले क्यान्सर विरामीलाई ह्वील चेयर वितरण समेत गरेको थियो । यस्तै, नयाँ नेपाल समाज नयाँ बानेश्वरमा रहेका १५ छात्राहरुलाई निशुल्क सेनिटरी प्याड वितरण गर्नुका साथै विद्यार्थीलाई आर्ट कम्पिटिसन समेत गराएको थियो । यस्तै, महिला स्वास्थ्यका लागि जनचेतनामुलक कार्यक्रमसमेत सञ्चालन गर्दै आइरहेको अध्यक्ष सिंघानियाको भनाई छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु