एनआरएनए राष्ट्रिय समन्वय समिति पोर्चुगलमा नयाँ कार्यसमिति चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार ०८:५७

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति पोर्चुगलमा नयाँ कार्यसमिति चयन भएको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सर्वाधिक मतसहित रविन अधिकारी विजयी भएका छन । रविनले निकटतम प्रतिस्पर्धी सोमफुरी शेर्पालाई पछि पार्दै अध्यक्षमा विजयी भएका हुन ।

रविनले कुल ७९४ मत ल्याउँदा शेर्पाले १५० मत पाए। यता आइसीसी सदस्यमा भिमसेन थापा विजयी भएका छन । थापासँगै चुनावी मैदानमा उत्रिएका हेमराज सुवेदीले २७६ मत मात्रै पाए ।

दुई चरणमा भएको संघको निर्बाचनबाट बरिष्ठ उपाध्यक्षमा सीता श्रेष्ठ विजयी भएकी छिन । उनले ६०३ मत पाउँदा निकटतम् प्रतिस्पर्धी बिष्णु बस्नेतले ३४४ मत पाइन । बुधबार भएको मतगणनाबाट संघको महिला उपाध्यक्षमा दीपा काफ्ले निर्बाचित भएकी छिन । उनले ५६७ मत पाउँदा सोही पदकी प्रत्यासी निर्मला ढकालले ३०९ मत पाइन ।

यस्तै संघको उपाध्यक्षमा दिनेश भण्डारी र उमेश खड्का विजयी भएका छन । उनिहरुले क्रमशः ६५६ र ५३७ मत पाए । उपाध्यक्षका अर्का प्रत्यासी सुरेश पुनले २७३ मत पाए । महासचिवमा राजकुमार थापाले बाजी मारेका छन । थापाले ५४१ मत पाउँदा अर्का प्रत्यासी सुमन शर्माले ३५० मत पाए ।

यस्तै संघको नयाँ कार्यसमितिको सचिवमा रवि अर्याल र राजेश दुलाल विजयी भएका छन । उनिहरुले क्रमशः ५६४ र ५२४ मत पाए । यता निकटतम प्रतिस्पर्धी मिलन रेग्मीले भने ३६८ मत पाए ।

उता सघको कोषाध्यक्षमा युवराज खनाल विजयी भए । उनले ५८० मत पाउँदा प्रतिस्पर्धी शन्ति अधिकारीले २९६ मत पाइन । यस्तै सह कोषाध्यक्षमा नविन सापकोटा विजयी भएका छन । सापकोटाले ६२९ मत पाउँदा उनका प्रतिस्पर्धी राजेन्द्र प्रसाद डुम्रेले २३१ मत पाएका थिए । उता संघको महिला संयोजकमा सीता ढकाल विजयी भएकी छिन । उनले ६५० मत पाउँदा दीपा लिम्बुले २६७ मत पाइन ।

यसअघि युवा संयोजक, लेखा समिति संयोजक र सदस्यहरु निर्विरोध भइसकेका छन् । कुल १६८८ पञ्जिकृत सदस्य रहेको पोर्चुगलमा १००५ मत खसेको थियो । जहाँ लिस्वनमा ६३४ मत खस्दा अल्गार्भ, अलेन्तेजो र नर्थ क्षेत्रमा ३७१ मत खसेको निर्बाचन संयोजक रमेश कुमार गुरुङले जानकारी दिए । यि क्षेत्रमा अनलाइन भोटिङ भएको हो ।
अन्तिम नतिजा

NRNA पाेर्तुगलकाे ८ औं महाधिवेशनकाे निर्वाचनकाे खसेकाे जम्मा मत १००५

ICC MEMEBER
हेमराज सुवेदी -२७६
भिमसेन थापा-६४२

PRESIDENT
रविन अधिकारी -७९४
अशाेक गुरुङ -२३
साेमफुरि शेर्पा -१५०

VICE-PRESIDENT
सीता श्रेष्ठ -६०३
बिनु बस्नेत-३४४

FEMALE VICE PRESIDENT
निर्मला ढकाल-३०९
दिपा काफ्ले-५६७
VICE PRESIDENT
उमेश खड्का -५३७
शुरेश पुन -२७३
दिनेश भण्डारी -६५६

GENERAL SECRETARY
सुमन शर्मा -३५०
राजकुमार थापा-५४१

SECRETARY
रवि अर्याल -५६४
मिलन रेग्मी- ३६८
राजेश दुलाल-५२४

TREASURER
युवराज खनाल-५८०
शान्ति अधिकारी -२९६

CO-TREASURER
राजेन्द्रप्रसाद डुम्रे -२३१
नविन सापकोटा -६२९

FEMALE COORDINATOR
सीता ढकाल -६५०
दिपा लिम्वु-२६७

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु