पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आजचौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुदै

पूर्वमन्त्री पाण्डे डिस्चार्ज, स्वास्थ्यमा सुधार हुदैँ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार ११:४५

काठमाडौ ।लुम्बिनी प्रदेशको निवर्तमान उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । साउन १० गते देखि नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत पूर्वमन्त्री पाण्डेको स्वास्थ्यमा सुधार भएपछि शुक्रबार डिस्चार्ज गरिएको हो ।

पूर्वमन्त्री पाण्डे नशा सम्बन्धी रोग गियान ब्यारे सिन्ड्रम (जिविएस) बाट संक्रमित हुनु भएकाे थियाे । गत साउन ९ गते मन्त्रालयको कार्यक्रममा सहभागी भएर घर फर्किदा खुट्टा झम्झमाउने र मुटु दुख्ने समस्या देखिएपछि पूर्व मन्त्री पाण्डेलाई भैरहवा स्थित भिम अस्पतालमा लगिएको थियो । भिम अस्पतालमा सामान्य उपचारपछि बुटवल स्थित गौतमबुद्ध मुटु अस्पतालमा पनि उपचार सम्भव नभएपछि काठमाडौँ स्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको थियो ।

घुडाँ भन्दा मुनी खुट्टा नचल्ने अवस्थामा नर्भिक अस्पतालका डाक्टर पंकज जलान सहितको टिमले परिक्षण गर्दा जिविएस रोग लागेको पत्ता लागेको थियो । ‘जिविएस निकै गम्भिर रोग हो । यो रोग निको हुन २ वर्ष सम्म पनि लाग्ने गर्छ ’, पूर्वमन्त्री पाण्डेको उपचारमा संलग्न डाक्टर जलानले भन्नुभयो ‘मन्त्री ज्यूको उच्च मनोबल र शरिर भरि सक्रमण फैलिन नपाउँदै अस्पतालमा भर्ना भएकाले उहाँलाई कम समयमै सन्चो भएको हो ।’

पूर्वमन्त्री पाण्डेको स्वास्थ्यमा पूर्ण सुधार हुन कम्तिमा एक महिना लाग्ने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । पूर्ण निकाे नहुदाँ सम्म नियमित फिजियो थेरापी गराउनु पर्ने चिकित्सककाे भनाई छ ।

अस्पतालबाट डिस्चार्ज हुदैँ गर्दा पूर्व मन्त्री पाण्डेले उपचारमा संलग्न डाक्टर, नर्स, अस्पताल प्रशासन लगायत सम्पूर्ण कर्मचारीप्रति आभार प्रकट गर्नु भएको छ । ‘डाक्टरहरूको मेहनत, आफन्त नेता, कार्यकर्ता, अग्रजको आशिर्वादले नयाँ जिवन प्राप्त गरेको छुँ ’ उहाँले भन्नु भयो ,‘ केही समय थेरापी पछि हिँडडुल गर्न सक्छु होला । स्वस्थ्य भएपछि राजनीति मार्फत नेपाल जनताको सेवामा सक्रिय हुनेछुँ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु