श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

एनआरएनए अधिवेशनमा टीम- कुल आचार्यको समावेशी समूहबाट को–को आउँदैछन् पदाधिकारीमा ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १९:०९

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय परिषद एनआरएनए आईसिसिको आगामी निर्वाचन सम्पन्न हुन दुई महिना मात्रै बाँकी छ । एनआरएनए आईसिसिको चुनाव नजिकिएसँगै चुनावी सरगर्मी बढेर गएको छ । एनआरएनएको दशौं विश्व सम्मेलन तथा नयाँ नेतृत्व चयन गर्न हुन लागेको निर्वाचनमा हालसम्म कुल आचार्य र बद्री केसीले उम्मेदवारी दिने घोषणा गरेका छन ।

चुनावको मिति नजिकिँदै जाँदा टीम बनाउने कार्य पनि सुरु भईरहेको छ । ६० मुलुकहरुभन्दा बढि एनसीसी हरुको चुनाव सकिंदा बेलायत,अमेरिका,अस्ट्रेलिया,कतार,मलेसिया,कोरियालगायत अधिकांश एनसीसीहरुमा कुल आचार्य समर्थकहरुको विजय भएको छ । निर्बाचन सम्पन्न भएका ठुला देशहरुमा टीम कुलको समर्थकको जित हुनु र अन्य सत्तरी प्रतिशत देशहरुमा पनि टीम कुलको समर्थकले निर्बाचनमा विजय हासिल गरेपछि आगामी अधिबेसनमा यो समुहको पल्ला भारी देखिएको छ ।संघका सल्लाहकार तथा अध्यक्षका प्रबल दावेदार कुल आचार्यको टिमले जित्ने देखिए पछि उनको समूहमा पर्न उम्मेदवारहरुको दौडधूप शुरु भएको छ ।

हाल संघको संशोधित विधानअनुसार उपाध्यक्ष पदमा एक महिला र एक युवासहित ६ जना रहने व्यवस्था रहेको छ । जनसवाललाई प्राप्त जानकारी अनुसार‘टीम कुल’बाट उम्मेदवारी दिने आईसिसिका पदाधिकारीहरुको लगभग टुंगो लागिसकेको छ ।
समाचार श्रोतका अनुसार उपाध्यक्षमा वर्तमान उपाध्यक्ष सोनाम लामा, सल्लाहकार त्रिलोक गुरुङ,एसी शेर्पा,कोषाध्यक्ष महेश श्रेष्ठ, सचिब आर के शर्मा हिक्मत थापा,उपाध्यक्ष मन केसी र सुनील साह (अमेरिका) मध्यबाट चार जना पर्ने बताइएको छ । यस्तै महिला उपाध्यक्षमा निवर्तमान सचिब जानकी गुरुङ र युवा उपाध्यक्षमा मध्यपूर्व युवा संयोजक राज रेग्मीलाई समावेश गरिएको छ । महासचिवमा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा केशव पौडेलको निश्चित भएको छ ।

यसैगरी सचिवमा मलेसियाबाट एसिया प्याशिफिक डिआरसी खगेन्द्र न्यौपाने, मध्यपूर्व आरसी प्रविन गुरुङ,युरोप आरसी नारायण आचार्य रहेका छन् भने महिला सचिवमा आइसिसि महिला संयोजक भोमा लिम्बु रहेकी छन् । यस्तै यूकेबाट विनय अधिकारी र अष्ट्रलियाबाट सुरेन्द्र सिग्देलको नामपनि चर्चामा रहेको छ ।
यसैगरी कोषाध्यक्षमा लोक दाहाल र सोम सापकोटाबीच सहमति गर्ने प्रयास भै रहेको र सहकोषाध्यक्षमा एशिया प्याशिफिक आरसी रोविन्द श्रेष्ठ (गोबिन्द),अफ्रिका आरसी रोशन थापा र अस्ट्रेलिया क्षेत्रिय महिला संयोजक जानकी पौडेलबीच सहमति गर्ने प्रयास भैरहेको बताइएको छ ।

यसै गरी टिम कुलबाट आइसिसि युवासंयोजकमा मध्यपूर्व डिआरसि मनोज गोर्खाली र हिमाल गुरुङ मध्ये एक र महिला संयोजकमा बिमला सापकोटाले उम्मेदवारी दिने तयारी गरिरहेका छन् । कुल आचार्यले आफ्नो समावेशी समूहमा एनआरएनएका दिग्गज व्यक्तित्वहरुसँगै युवाहरुलाई समेत समेटने प्रयास गरिरहेको र केहि दिन भित्रै पुरै टिमको नाम सार्वजनिक गरिने समाचार स्रोतले बतायो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु