बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

लायन्स क्लब अफ मनास्लु वर्ल्ड को अभिमुखीकरण तालिम सम्पन्न (फोटोफिचर)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ श्रावण ३० गते, शनिबार ११:४४

३०,श्रावण काठमाडौँ ।लायन्स क्लब इन्टरनेशनल ३२५ ए वान अन्तर्गत रहेको लायन्स क्लब अफ मनास्लु वर्ल्डको आयोजनामा एक दिने लायन अभिमुखीकरण कार्यक्रम अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अभिमुखीकरण तालिमले क्लबका सदस्य तथा संस्थामा आस्था राख्नेहरुलाई थप कुशल,अनुशासित र समाजिक सेवामा क्रियाशील गर्न अभिमुखीकरणले सहयोग पुगेको विश्वास गरिएको छ ।

लायन्स क्लब अफ काठमाडौ लिडरसिप फर चेन्जको स्पोन्सरमा खोलिएको नयाँ क्लब लायन्स क्लब अफ मनास्लु वर्ल्डको आवद्ध नयाँ सदस्यहरुलाई केन्द्रित गर्दै अभिमुखीकरण तालिम सञ्चालन गरिएको मनास्लु वर्ल्डका प्रमुख शिवलोचन पराजुलीले बताए ।

लायन्स क्लब अफ मनास्लु वर्ल्डका प्रेसिडेन्ट शिवलोचन पराजुलीको सभापतित्वमा गरिएको उक्त तालिममा प्रमुख अतिथि डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्की रहेका थिए ।

यस्तै उक्त कार्यक्रममा क्याबिनेट ट्रेजरर कोमल शाक्य ,रिजन चियरपर्सन लायन मन्दिप महर्जन,लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का जोन चियरपर्सन लायन राजन श्रेष्ठ (धरातल) लगायतको उपस्थिति रहेको थियो ।

उक्त तालिममा प्रमुख अतिथि एवं विशेष अतिथिले लायन्स क्लब अफ मनास्लु वर्ल्डका नयाँ सदस्यहरुलाई लायन्सको बारेमा जानकारी प्रदान गरेका थिए ।बिहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्म भएको उक्त कार्यक्रमलाई क्लबका उपाध्यक्ष शशी केसीले स्वागत मन्तव्य र प्रोग्राम सञ्चालन सचिव एस.के.लामिछानेले गरेका थिए ।






फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु