श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

निर्देशक रमेश कोइराला नयाँ सिरियल ‘दोष तिम्रो हो की मेरो’ आउँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार १२:२२

काठमाडौं ।नेपाली सिनेमा र सिरियलहरु निर्देशन गरिसकेका दर्शकले मन पराएका निर्देशक रमेश कोइराला एउटा नयाँ सिरियल मार्फत दर्शकमाझ आउने भएका छन् । सानो पर्दा र ठूलो पर्दामा उत्तिकै समय दिइरहेका कोइरालाको निर्देशनमा ‘दोष तिम्रो हो की मेरो’ शीर्षकको एउटा मेगा सिरियल नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ ।

निर्माणाधीन अवस्थामा रहेको उक्त मेघा सिरियलको स्क्रिप्ट लेखन कार्य सम्पन्न भै हाल कलाकारहरूको चयन भइरहेको निर्देशक कोइराला जानकारी दिएका छन् । सिरियलका लागि रमेश बुढाथोकी, अनिता केसी, बुद्धि तमाङ, जेएन घिमिरे आदि कलाकारको चयन भैसकेको छ भने अन्य कलाकार तथा प्राविधिकहरुको चयन जारी रहेको छ ।

‘यो मेरो निर्देशनको नवौं टेलिश्रृंखला हुनेछ, निर्देशक कोइराला भन्छन्–‘यो श्रृंखला आगमाी दशैंदेखि आम दर्शकले टेलिभिजन तथा युट्युबमार्फत हेर्न सक्नु हुनेछ ।’ निर्देशक कोइरालाका अनुसार यही भदौको पहिलो सातादेखि यो श्रृंखलाको छायांकन प्रारम्भ गरिनेछ ।यो श्रृंखलामा कथा तथा निर्देशन रमेश कोइरालाको रहने छ भने पटकथा तथा सम्बाद जया ओझाको रहने छ । रोजा तिमिल्सिनाको प्रस्तुततिमा यो श्रृंखलालाई मदानी मूभी तथा इन्टरटेन्टमेन्टले निर्माण गर्नेछ । निर्माण संयोजकको रुपमा अनन्तराज तिमिल्सिना रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु