पछिल्लो २४ घन्टामा कोरोना भाइरसका २ हजार ६ सय २४ जना संक्रमित थपिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार १६:५८

काठमाडौं, ३० साउन । आज नेपालमा कोरोना भाइरसका २ हजार ६ सय २४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ३० हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १ हजार ३ सय २० जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा ६ लाख ८० हजार ८ सय १५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज १३ हजार ५ सय ७३ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु