केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपालबीच एकता (भिडिओसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार १८:१२

काठमाडौं, ३० साउन । राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएको छ । एकतासँगै नयाँ पार्टीको नाम राष्ट्रिय मुक्ति आन्दोलन नेपाल राखिएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुई पार्टीबीच एकता घोषणा गरिएको छ । राष्ट्रिय मुक्ति आन्दोलन नेपालको स्थापना दिवसको अवसर पारेर पार्टी एकता घोषणा गरिएको पार्टीका कार्यकारी सभापति रामप्रसाद न्यौपानेले जानकारी दिए ।

उनले भने,‘आज ऐतिहासिक दिनको अवसर पारेर एकता घोषणा गरिएको हो । राष्ट्रिय मुक्ति आन्दोलन आज १३ वर्ष पुरा भई १४औं वर्षमा प्रवेश गरेको छ, यो अवसरमा हामीले एकता घोषणा गरेका छौं । अब यसलाई आफ्नो उद्देश्यअनुसार अघि बढाउँछौं ।’

उनले आफूहरु पार्टीका अभिभावक तथा संस्थापक नेता डा. जयन्तविक्रम शाहको मार्गनिर्देशनअनुसार अघि बढ्ने पनि विश्वास दिलाए । उनले पार्टीले एमसीसीको विरुद्धमा सशक्त रुपमा आवाज उठाउने पनि जानकारी दिए । त्यस्तै, नेपालवाद, नेपाली जनता र नेपाल राष्ट्रवादलाई स्थापित् र विकार गरेर लैजाने पनि उनले सुनाए ।
त्यस्तै, कार्यक्रममा पार्टीका संस्थापक नेता तथा अधिदलपति डा.जयवन्तविक्रम शाहले पार्टी निर्माणदेखि यहाँसम्मको संघर्ष र उपलब्धिबारे प्रकाश पारेका थिए । उनले भने,‘हामी कुनैपनि विदेशीको नक्कल नगरी नेपाल राष्ट्रवादको रुपमा विकास गरेर जानुपर्छ, खासगरी अब जनताबाट निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको सिद्धान्तमा अघि बढ्नुपर्छ ।’

उनले संसद्बाट मन्त्री नभएर विज्ञबाट मन्त्री बनाउनुपर्ने पनि कुरा राखे । उनले भने,‘सांसदहरुलाई पावरफुल बनाउनुहुँदैन् । संसदीय फोहोरी खेल अन्त्य गर्नुपर्छ ।’ कार्यक्रममा उपस्थित् पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई प्रतिबद्धता र प्रतिज्ञा गराईएको थियो ।

डा. जितेन्द्र घिमिरेले आफ्नो पार्टीले देश र जनताको लागि काम गर्ने विश्वास दिलाए । उनले भने,‘ढिलै भएपनि हामी जनताको हितमा काम गर्छौं । सानो पार्टीले समयमा काम गर्नेछ ।’ रणनीतिक तथा सचिवालय समितिमा ३१ जना सदस्य रहेको र पार्टीको हाई कमाण्डमा ६ जना रहेको पनि उनले जनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु