• हेर्नुस् आज मिति २०७९ साउन २४ गते, मंगलवारको राशिफलसाइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गैरआवसिय नेपाली संघ साइप्रसको अत्यन्तै जरुरी सूचना।नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।

    राजु अधिकारी निर्देशित चलचित्र ‘उल्झन’ युट्युबमा रिलिज

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार २१:१८

    काठमाडौ ।कोरोनाका कारण यति बेला सिनेमा बन्द रहेका छन् । अहिले नेपाली चलचित्र हलमा चल्न सकेको छैन् तर युट्युबमा भने धमामध रिलिज भइरहेका छन् । कोरोना त्रासका कारण हलमा चलचित्र नचलेपनि कतिपयले लकडाउन भरी आफ्ना फिल्म युट्युबमा रिलिज गरे । अहिले राजु अधिकारी निर्देशित चलचित्र ‘उल्झन’ युट्युबमा रिलिज भएको छ ।

    विदेशमा नेपाली युवाले पाउने पीडा र दुःखका कथा समेटिएको फिल्म ‘उल्झन’ युट्युबमा रिलिज भएको हो । आशुतोष फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा स्वदेश फर्किएपछि एक युवाले भोग्ने व्यथालाई प्रस्तुत गरिएको छ ।तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा ध्रुव दत्त, रजनी केसी, रामचन्द्र अधिकारी, बेनी ढुङगाना लगायतका कलाकारको अभिनय रहेको छ ।

    नवीन अधिकारी र हरि कार्कीले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा हिरामणि न्यौपाने र दिनेश गौतमको संगीत, रामप्रसाद कँडेलको गीत,कुमार महर्जनको द्वन्द्व, शिव विकको नृत्य, लक्ष्मण घिमिरेको छायांकन र आरती अधिकारी आचार्यको लेखन छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु