साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

हेर्नुस् के छ देशभरि को मौसम पूर्वानुमान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३१ श्रावण २०७८, आईतवार ०८:३०

काठमाडौं, साउन ३१ । बिहीबारदेखि सक्रिय भएको नेपालको मनसुनी सक्रियता अझै केही दिन कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक ढलपल नगरी रहेकाले नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्म नै मनसुनको सक्रियता एकनासको रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी सक्रियताले अबको केही दिन देशका धेरै स्थानमा भारी वर्षा हुनेछ । तीन दिनभन्दा बढी समय नै नेपालका अधिकांश भूभागमा भारी वर्षा हुने आकलन गरिएको छ । हाल प्रदेश १, २ लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा पूर्ण बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

आइतबार, सोमबार र मङ्गलबारसम्म नै धेरै स्थानमा हल्का, मध्यम र भारी वर्षाको सम्भावना छ । निरन्तरको वर्षाले देशका मुख्य नदीहरू कोसी, कर्णाली र तिनका सहायक नदीहरूको बहाव बढ्नुका साथै खहरे खोलामा आकस्मिक बाढी आउने सम्भावना औँल्याइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु