• साधना लघुवित्त वित्तिय संस्थाकाे शाखा काठमाडाैंकाे नागर्जुनमा पनि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ श्रावण २०७८, आईतवार ११:३२

    काठमाडाैं। साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले काठमाडाैंकाे नागर्जुनमा वडा नं १ मा नयाँ शाखा कार्यालय विस्तार गरी साउन २० गते बाट कारोबार सुरु गरेको छ।

    गोरखा जिल्लाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लि.को याे संगै संस्थाकाे कुल शाखा संख्या ७७ पुगेकाे छ। संस्थाले प्रदान गरिरहेका सम्पूर्ण सेवासुविधा उक्त नयाँ शाखाबाट समेत प्रवाह गरिने जनाएको छ।

    संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्याैपानेका अनुसार कोभिड महामारीका बीच स्थापना गरिएको नयाँ शाखाले नागर्जुन आसपासमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु