• हेर्नुस् आज मिति २०७९ साउन २४ गते, मंगलवारको राशिफलसाइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गैरआवसिय नेपाली संघ साइप्रसको अत्यन्तै जरुरी सूचना।नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।

    अफगानिस्तानबाट नेपालीलाई उद्धार गर्न सरकारले किन ढिलाई गरिरहेको छ ? : डा. राजन भट्टराई

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ श्रावण २०७८, आईतवार १९:०९

    काठमाडौं, ३१ साउन । नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा परराष्ट्रविद् डा. राजन भट्टराईले भारत यो क्षेत्रकै लागि अनुरकणीय देश भएकोले यसको विकास र समृद्धिबाट सबैले सिक्नुपर्ने बताएका छन् । भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा आफू र पार्टीको तर्फबाट भारत सरकार र भारतीय जनतालाई शुभकामना दिँदै नेता भट्टराईले यस्तो बताएका हुन् ।

    आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भारतले पछिल्लो समय हाँसिल गरेको विकास र समृद्धि उदाहरणीय भएको बताए । भारतसँग नेपालको पूरानो सम्बन्ध रहेको र ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा उनको जोड थियो । तर, भारतसँग रहेका कतिपय समस्या भने कुटनीतिक माध्यम र सम्वादमाफर्त समाधान गर्नुपर्ने उनको भनाई छ । उनले भारतसँगको नेपालको सम्बन्ध आधारभूत रुपमा सकारात्मक दिशातर्फ नै अघि बढेको पनि टिप्पणी गरे ।

    क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अफ्गानिस्तानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनको लागि नेपाल सरकारले किन ढिलाई गरिरहेको छ ? भनेर प्रश्नसमेत गरे । उनले भने,‘अफ्गानिस्तानमा अहिले जे भैरहेको छ, त्यो सशस्त्र र हिंसात्मक गतिविधि अन्त्य हुनुपर्छ, र शान्ति बहाली हुनुपर्छ भन्ने हाम्रो भनाई हो । हिंसात्मक गतिविधिलाई प्रशय दिने काम गर्नुहुँदैन् ।’

    अफ्गानिस्तानमा कानूनसम्मत् र गैरकानूनी रुपमा कति नेपाली छन् ? भन्ने तथ्यांक यकिन नभएपनि हजारौंको संख्यामा रहेको कुरा आएकोले सरकारले तत्काल उनीहरुलाई उद्धार गर्नुपर्ने उनको माग छ । उनले भने,‘अहिले त्यहाँ रहेका नेपालीहरुको सुरक्षा गर्नु प्रधान कुरा हो । किन ढिलाई भैरहेको छ, मलाई त आश्चर्य लागेको छ ।’

    तालिबानले अफ्गानिस्तानका मुख्य मुख्य शहर कब्जा गरिसकेको समाचार आएकोले अब नेपाल सरकारले ढिला नगरीकन नेपालीहरुलाई त्यहाँबाट उद्धार गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘अहिलेको यो संवदेनशीलतालाई ध्यानमा राखेर सरकारले उद्धारको लागि पहल गरोस् ।’ उनले आफूहरुको चाहना भनेको अफगानिस्तानमा शान्ति कायम होस भन्ने रहेको सुनाए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु