नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पौष ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ श्रावण ३२ गते, सोमबार ०७:५३

काठमाडौं, ३२ साउन । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पौष ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ । आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेर सम्मेलनबारे निर्णय गरेको हो ।

माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार भदौबाट माओवादीको राष्ट्रिय सम्मेलनको प्रक्रिया आरम्भ हुनेछ । २०७८ साल भदौ मसान्तसम्म पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण हुनेछ । १० असोजमा देशभर एकै दिन सेल र टोल भेला हुनेछ ।

२० असोजमा वडा सम्मेलन हुनेछ ।

३० असोजमा गाउँपालिका र नगरपालिकाको सम्मेलनको मिति तय भएको छ ।

१५ मंसिरमा प्रदेश सम्मेलन तोकिएको छ ।

११ देखि १३ पौषमा राष्ट्रिय सम्मेलनको मिति तोकिएको छ ।

माओवादीले संघीयता अनुसार सम्मेलनको आयोजना तोकेको हो ।

यसैगरी, प्रचण्डको राजनीतिक प्रतिवेदनमा गठबन्धन चुनावसम्म गर्ने विषय समावेश छ । प्रतिगमनको खतरा अझै रहेकाले गठबन्धन बलियो बनाउनुपर्नेमा जोड दिइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु