नेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आजचौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुदैदिनेश र प्रिया अभिनित´म बाँचु कसरी` बोलको गित सार्वजनिककाभ्रेमा धुलो दुध कारखाना लगाउन एसोसिएसनको मन्त्री लामालाई आग्रह "आज २०७८ असाेज ९ गते, शनिवार हेर्नुस् राशिफल

अफगानिस्तानमा तालिबानले विजय हाँसिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ०९:१२

काठमाडौं । अफगानिस्तानमा तालिबानले विजय हाँसिल गरेको छ । तालिबान लडाकुले आइतबार राजधानी काबुल कब्जा गरेसँगै अफगानिस्तान तालिबानको नियन्त्रणमा गएको हो ।

अफगानिस्तानका राष्ट्रपति राष्ट्रपति अशरफ घानी देश छोडेर भागेका छन् । उनले छिमेकी देश उज्वेकिस्तानमा शरण लिएको खबरहरुमा उल्लेख छ । राष्ट्रपति भागेसँगै तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेर आफ्नो विजय घोषणा गरेका हुन् ।

तालिबानका प्रवक्ताले ‘शान्ति पूर्ण रुपमा शक्तिको हस्तान्तरण’ हुनु पर्ने बताएका छन् । उनले काबुलका नागरिक सुरक्षित रहेको दाबी पनि गरेका छन् ।

तर काबुल विमानस्थलमा भिडभाड अत्यधिक मात्रामा देखिएको छ । विदेशी, अफगान अधिकारी र अरु नागरिकहरु देश छोड्ने चाहनामा त्यहाँ पुगेका देखिएका छन् । सबै व्यवसायिक उडानहरु रद्द गरिएका छन् ।

अमेरिका, क्यानडा, बेलायत, जर्मनीसहितले आफ्ना नागरिकको उद्धारका लागि सैनिक विमानको प्रयोग गरेका छन् । तर आफूहरुको सैन्य अभियानको क्रममा सहयोग गरेका अफगानहरुको उद्धारलाई भने उनीहरुले आँखा चिम्लिएका छन् ।

तालिबानको कब्जामा देश गएसँगै महिलाहरुको अवस्थालाई लिएर चासो र चिन्ता व्यक्त भएको छ । केही क्षेत्रमा तालिबानले महिलाहरुलाई बुर्खा लगाउन बाध्य पारेको खबर आइरहेका छन् ।

अति तीव्र गतिमा तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गर्न सफल भएको हो । मात्रै १० दिनको अन्तरालमा उनीहरुले देशका सबै प्रमुख शहरमा कब्जा जमाएका हुन् ।

अमेरिकाले सहयोग तथा तालिम प्रदान गरेको अफगान आर्मी तालिबान लडाकु समक्ष निरिह देखिएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले केही हप्ता पहिले मात्रै तालिबानले अफगानिस्तानमा पूर्ण नियन्त्रण चाँडै कायम गर्न नसक्ने बताएका थिए ।

अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा जारी रहेको नेटो सैन्य अभियान अन्त्य गर्ने घोषणासँगै तालिबानले नियन्त्रण कायम गर्ने क्रम सुरु गरेको थियो ।

सन् २००१ मा सत्ताबाट हटाइएको तालिबान फेरि शक्तिमा आउने भएको छ । उसले आफूले पूर्ण अधिकारसहितको सत्ता पाउनु पर्ने बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु