केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिवमा उम्मेदवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १२:२३

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको आगामी १० औं महाधिवेशन मार्फत चुनिने नयाँ कार्यसमितिमा एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिवमा उम्मेदवारी घोषणा गरेका छन ।
एसिया प्यासिफिक सहसंयोजक भएर कुशलताका साथ जिम्मेवारी निभाएका न्यौपानेले आगामी कार्यकाल २०२१–२३ का लागि सचिवमा उम्मेदवारी दिएका हुन । संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा सचिव पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको न्यौपानेले बताए । न्यौपानेले २०२१–२३ कार्यकालका लागि सबैको आग्रह र आफ्नो केही गर्ने इच्छा अनुसार एनआरएनए आइसीसी सचिव पदमा उम्मेदवारी दिएको बताए । एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसीसी सदस्य, अध्यक्ष र अहिले एसिया प्यासिफिक सहसंयोजकको जिम्मेवारी सफलतापूर्वक निभाइसकेका न्यौपानेले एनआरएनए अभियानमा लागिरहँदा मलेसिया र मध्यपुर्वका श्रमिकका मुद्धालाई स्थापित गर्न आइसीसी सचिव पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सफलता पुर्वक रुपमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवका माध्यमबाट विश्वसामु पस्कन नयाँ जिम्मेवारी वहन गर्न सक्ने प्रतिवद्धता न्यौपानेले व्यक्त गरेका छन ।
न्यौपानेले आजसम्म सबै साथिहरुको माया, साथ, सुभेच्क्षा र समर्थनले सफलता हासिल गरेकोले अब पनि सोही अनुरुप आईसीसी सचीवमा पनि अत्याधिक मतले विजयी गराई ऐतिहासिक सफलतालाई निरन्तरता दिनुहुनेछ भन्ने आशासहित हार्दिक अपिल गरेका छन ।
मलेसिया तथा नेपालमा विभिन्न व्यवसायमा ठुलो लगानी गरेका न्यौपाने सफल व्यवसायी हुन । एसिया प्यासिफिकबाट आइसीसी सचिव पदका लागि न्यौपाने साझा तथा एक्लो उम्मेदवार भएकोले विजय नजिक रहेको एनआरएनए अभियन्ता हरु बताउँछन । न्यौपानेलाई एशिया प्याशिफिक र मध्यपुर्वबाट राम्रो सहयोग रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु