साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार ०६:३९

मकवानपुर, भदौ ३। नेकपा एमालकीे नेत्री अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री भएकी छन् । बुधबार शाक्यले बाग्मती प्रदेशको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्री शाक्यलाई शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राजीनामा दिएपछि बसेको एमाले बाग्मती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको थियो ।

दलको नेता भएपछि एमालेको सिफारिसमा प्रदेश प्रमुख प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । प्रदेशको दोस्रो मुख्यमन्त्रीका रूपमा शाक्य संविधानको धारा १६८ ९१० अनुसार बहुमतको आधारमा नियुक्त भएकी हुन् । मुख्यमन्त्री शाक्यले बिहीबार नयाँ मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको बताइएको छ ।

नेकपा एमाले औपचारिक रूपमा विभाजन भएसँगै पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बन्ने बाटो सहज बनेको थियो । मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषद्को बैठक राखेर मन्त्रीहरूलाई लामो समयदेखि गरेको सहयोगबापत धन्यवाद दिँदै पदबाटसमेत राजीनामा दिएको घोषणा गरेका थिए ।

उनले प्रदेश प्रमुख विष्णु प्रसाईंलाई राजीनामा बुझाएका थिए । मन्त्रिपरिषद्को बैठकपश्चात् मन्त्रालयगत सचिवहरूसँग भेटेर उनले बिदा लिएको र धन्यवाद दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले बताए । मुख्यमन्त्री शाक्यले बुधबार नै प्रदेशको आन्तरिक मामिला कानुन तथा भौतिक योजनामन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकासमन्त्रीमा कृष्ण खनाललाई नियुक्त गरेकी छन् । सरिता दाहालले आजको राजधानी दैनिकमा खवर लेखेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु