• शिल्पाले आगामी हप्ताको लागि एपिसोड सुटिङ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार ०७:३७

    एजेन्सी,। बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्रा हाल न्यायिक हिरासतमा छन् । पतिको हर्कतको कारण स्तब्ध भएकी शिल्पा ‘सुपर डान्सर ४’ बाट अलग भएकी थिइन् । उनको फिल्मी करियरमा ठुलो झट्का लाग्ने धेरैले अनुमान गरेका थिए ।

    शो मा निर्माताले शिल्पा नभएपनि काम अगाडी बढाएका थिए । कहिले सोनाली बेन्द्रे त कहीले रितश–जेनेलियाको साहारा लिएर शो अगाडी बढेको थियो । अब भने शिल्पा शो मा फर्किएकी छिन् ।

    शिल्पाले आगामी हप्ताको लागि एपिसोड सुटिङ गरेकी छिन् । अब उनी शो को अन्त्यसम्म रहने बताइएको छ । शो निर्माताले नै शिल्पालाई रिप्लेस गर्न नचाहेको बुझिएको छ । निर्माताले शिल्पा विस्तारै–विस्तारै शो मा फर्किएर काम गर्ने बताउदै आएका थिए ।

    शेट्टी परिवार फेरी काममा फर्किन थालेको छ । केही दिन अघि मात्र शमिता शेट्टीले बिगबोसमा प्रवेश गरेकी थिइन् । र अब भने शिल्पा पनि काममा फर्किएकी हुन् । राज कुन्द्राको लागि शिल्पा लडिरहने र शो पनि अगाडी बढ्ने भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु