• आज देशैभरी ३०७५ जना नयाँ कोरोना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार १८:१८

    ३ भदौ, काठमाडौं । आज देशैभरी ३०७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पिसीआर र ४,४९२ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १६ हजार ४३८ नमुना परीक्षणमा ३४७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    आज काठमाडौंमा ६३९, ललितपुरमा १२७ र भक्तपुरमा १०१ जना गरी उपत्यकामा आज ८६७ जना नयाँ संक्रमित थपिएका छन् । बुधवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या केही कमी हो ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा २१२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ९१ हजार २९९ पुगेको छ ।

    त्यस्तै आज देशैभरी थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ । बुधवारको तुलनामा आज मृत्यु हुनेको संख्या केही घटेको हो ।

    हाल देशैभरी सक्रिय संक्रमितको संख्या ४० हजार ५०० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३७ हजार ११४ जना होमआइसोलेशन र ३,३८६ जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।

    मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७३९ जना र भेन्टिलेटरमा १६८ जनाको उपचार भइरहेको छ । बुधवारको तुलनामा बिहीवार भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या कम भएको छ ।

    त्यस्तै बिहीवार देशैभरी ९१ लाख ११ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

    नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४१ लाख ९१ हजार ७१५ नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख १४ हजार ३६२ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु