• मेघा अस्पतालको सिइओमा डा. मुकुल ढकाल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार ०६:२१

    ललितपुर, ३ भाद्र २०७८।
    नमराज भट्ट
    ललितपुरको सानेपास्थित धोबिघाटमा रहेको मेघा अस्पतालको कार्यकारी अधिकृत ( सिइओ)मा डा. मुकुल ढकाल नियुक्त भएका छन्।

    यस अघि डा. ढकाल कालिकोट जिल्लाको बिकट ठाउँमा रहेको रास्कोट सामुदायिक अस्पतालमा २ वर्ष निर्देशक पनि भइसकेका छन्। उक्त अस्पतालको संस्थापक एवं परिकल्पनाकार पनि थिए।

    डा. ढकालले भने नयाँ जिम्मेवारी दिइएको छ यस अस्पताललाई अब थप नयाँ उचाइमा लैजाने र सम्पूर्ण शुभचिन्तक साथीभाइहरुको साथले अघि बढ्न मदत्त गर्नेछ।

    मेघा अस्पतालमा अहिले १ सय ५० शैय्या छन। कोभिडको जोखिमलाई मध्यनजर गर्दै शल्यक्रिया, विशिष्ट र जनरल सेवाहरु नियमित भइरहेको डा. ढकालले जानकारी दिनुभयो ‌

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु