• नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।हेर्नुहोस् आज मिति २०७९ साउन २३ गते, साेमवारको राशिफलपर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    मनोज श्रेष्ठ गोर्खाली द्वारा एनआरएनए युवा संयोजकमा उम्मेद्वारी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार ०७:१०

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले आगामी कार्यकालको लागि युवा संयोजक पदमा उमेद्वारी घोषणा गरेका छन् ।

    गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आइसीसी) को केन्द्रीय निर्वाचन भर्चुअल माध्यमबाट आगामी अक्टोबर २३ देखि २५ तारिक सम्म हुने तय भएको छ । केन्द्रीय चुनावको गर्मी अहिले संसारभर नै बढेको छ । नयाँ कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन दौड धुपमा व्यस्त देखिन्छन्।

    लामो समयदेखि युएईलाई ब्यबसायिक कर्मथलो बनाउँदै आईरहेका गोर्खाली एनआरएनका बलिया खम्बा हुन् । एनआरएनए आइसीसीका मध्यपूर्व उपसंयोजक एनआरएनए स्पोर्टस एकाडेमी ब्यवस्थापन निर्देशक, समाजसेबी तथा सफल ब्यबसायी मनोज गोर्खाली विश्वभर फैलिएका गैरआवासीय नेपाली माझ लोकप्रिय व्यक्तित्वको रुपमा परिचित छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईको साधारण सदस्य हुँदै एनआरएन अभियानमा लागेका गोर्खाली आईसीसी सदस्य हुँदै मध्यपूर्व उपसंयोजकको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।युवा उद्धमशिलता र आर्थिक आत्मानिर्भता भन्ने मूल नारा सहित उम्मेद्वारी घोषणा गरेका उनले विदेशमा आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगाउन र विश्वभरको लगानी स्वदेशमा भित्र्याउन विशेष पहल गर्ने समेत बताए ।

    पद्धति र पारदर्शिता: समावेसी साथ साथै एनआरएनएमा युवा सहभागिता युवा उधमशीलता र आर्थिक आत्मनिर्भता मेरो प्रतिबद्धता सुरक्षित वैदेशिक रोजगार र युवा उद्यमशिलता एनआरएनए मार्फत पुरा गर्ने बचन बद्धता सहित आफुले युवा संयोजकमा उम्मेदवारी दिएको गोर्खालीले बताएका छन् भने संसारभर छरिएर बसेका गैरआवासीय नेपालीहरुलाई भोट गर्दिनको लागि समेत अपिल गरेका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु