केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

दोश्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०७८’ हुने निशुल्क फर्म भरिदैं

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १७:४४

काठमाडौं । ‘दोश्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०७८” हुने भएको छ । जसमा गित संगीत दर्ता गर्न कुनै पनि शुल्क नलाग्ने र सबै प्रकारका गितहरु दर्ता गरिने अवार्डका अध्यक्ष सुर्य चन्दले बताए। कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले संगीतका विभिन्न विधातर्फ ‘नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०७८’ गरिदैं आएको छ ।

आयोजक कमिटिका अनुसार ‘दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०७८’ आगामी असोज भित्र काठमाडौंमा गरिने भएको छ । साथै म्युजिक अवार्ड आवेदनको लागि निशुल्क दर्ता फारम खुलिसकेको जानकारी गराएको छ । जसको लागि २०७७/७८ का गीत संगीतहरुलाई समाबेश गरिने भएको छ, भने नव प्रतिभाको हकमा २०७७ भित्र गीत निकालेको हुनुपर्नेछ ।

क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको उक्त अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले ब्यबस्थापन गर्ने भएको छ। सञ्चारकर्मी तथा कलाकार सूर्य चन्दको अध्यक्षतामा हुने यस अवार्ड कार्यक्रमको निर्देशक सुमन बैरागी पण्डित रहेका छन् ।

उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत (तिज, दशैँ तिहार, होली), भजन, पप–आधुनिक गायक–गायिका, भाषा–भाषीका गीत, म्युजिक भिडियो, आर्ट तथा सांस्कृतिकलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ  ।

अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने सुर्य चन्दले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु