आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

पार्टीमा गोलबद्ध हुन देश भरिका नेता, कार्यकर्तालाई अपिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १९:५२

काठमाडौं । युवा संघ नेपालले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा समाहित हुने निर्णय गरेको छ । संघ एमाले समाजवादी पार्टीमा गोलबद्ध हुन देश भरिका नेता, कार्यकर्तालाई अपिल समेत गरेको छ ।

संघका अध्यक्ष नरेश शाहीको अध्यक्षमा संघका उपलब्ध पदाधिकारी र बिभागिय प्रमुख÷उपप्रमुखको सहभागितामा बसेको बैठकले एमाले समाजवादी पार्टीमा समाहित हुने निर्णय गरेको संघका उपमहासचिव एवं प्रवक्ता संजिप राईले बताए ।

यस्तै बैठकले संघको झण्डा रातो पृष्ठभुमीमा सेतो ५ कुने तारा तीन कुना माथि र दुई कुना तल फर्केको राख्ने निर्णय गरेको छ । ‘यात्रा समृद्धिको, लक्ष्य समाजवादको’ मूल नारा राख्ने निर्णय बैठकले गरेको छ ।

संघको केन्द्रीय कमिटीको विस्तारित बैठक भाद्र ११ र १२ मा काठमाडौंमा हुनेछ । सो बैठकमा सात वटै प्रदेश कमिटीका पदाधिकारी जिल्ला अध्यक्ष, सचिव र महिला विभाग प्रमुख, केन्द्रीय निकायहरू सहभागि हुनेछ ।

भाद्र ५ गते शनिवार विहान ८ बजे महिनाको २ दिनको २ घण्टा, राष्ट्रलाई अभियान अन्तरगत त्रिभुवन विश्वविध्यालय परिसर सरसफाई कार्यक्रम राख्ने निर्णय बैठकले गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु