• हेर्नुस् आज मिति २०७९ साउन २४ गते, मंगलवारको राशिफलसाइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गैरआवसिय नेपाली संघ साइप्रसको अत्यन्तै जरुरी सूचना।नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।

    २०७८ भाद्र ५ गते, शनिबार हेर्नुस् आजको दिन तपाईंका लागि कस्तो रहला ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार ०४:१०

    आज -०५ भाद्र २०७८ शनिवार को राशिफल
    – ज्यो.प. नारायणप्रसाद दुलाल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,हा)

    जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आज शुभकार्यको चर्चा चल्नेछ र मनमा शान्ति छाउनेछ ।बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण पनि बन्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    आज विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभासमारोहमा सरिक हुने सम्भावना छ ।जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    आज नियमित खर्चसमेत बढ्ने योग छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्तसँग मनमुटाव बढ्नसक्छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि रहेको छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    आज सबैले तपाईंको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु