• हेर्नुस् आज मिति २०७९ साउन २४ गते, मंगलवारको राशिफलसाइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गैरआवसिय नेपाली संघ साइप्रसको अत्यन्तै जरुरी सूचना।नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।

    प्रचण्डको खलनायकी भूमिकाका कारण एमालेको एकता चीरस्थायी हुन सकेन : कार्की

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार १८:२५

    काठमाडौं, ५ भदौ । प्रदेश नम्बर १ का आन्तरिक मामिलामन्त्री तथा नेकपा (एमाले) का प्रभावशाली युवा नेता हिक्मत कार्कीले पार्टी एकताको लागि आफूहरु दश बुँदे सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले भने,‘कार्यदले प्रतिवेदन बुझाउनेबित्तिकै हाम्रो पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बसेर त्यो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेका छौं । कार्यान्वयन त भैसकेको छ नि ।’

    आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले पार्टीभित्र देखिएका केही खालका चूनौति र समस्या समाधान गर्नको लागि आफूहरु लागिपरेको पनि बताए । उनले भने,‘एमालेमा अहिले केही खालको चूनौति, समस्या र घेराबन्दी देखिएको छ । त्यो घेराबन्दी तोड्ने काम र प्रयास भैरहेको छ ।’ उनले माधव नेपाल आफ्नो आदर्श नेता भएको उल्लेख गरे । तर, माधव नेपालले अहिले लिएको बाटो भने गलत भएको र नेपाल सही गन्तब्यमा नपुग्ने पनि उनको दाबी छ ।

    मन्त्री कार्कीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कारण एमालेभित्र समस्या उत्पन्न भएको पनि जिकिर गरे । उनले एमाले र माओवादी केन्द्रको एकता गर्नु नै ऐतिहासिक भूल भएको जिकिर गरे । नउले भने,‘राष्ट्रिय राजनीतिमा प्रचण्डको कहिल्यैपनि सकारात्मक भूमिका भएन । उहाँले कहिल्यैपनि कन्स्ट्रक्टिभ रोल देखिएन । उहाँको नीति भनेको नै ढाडमा टेकेर टाउकोमा हान्ने हो । प्रचण्डको खलनायकी भूमिकाका कारण एमालेको एकता चीरस्थायी हुन सकेन ।’
    उनले एमाले र माओवादीको एकतासँगै एमालेका नेताहरु ओली, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीच समस्या उत्पन्न भएको टिप्पणी गरे । उनले भने,‘हाम्रा नेताहरु प्रचण्डको भूलभूलैयामा पर्नुभयो ।’ उनले एमाले र माओवादी एकता नै ऐतिहासिक भूल थियो भन्ने धारणा दोहोर्याए ।

    उनले प्रचण्डमा एकल भूमिकामा स्थापित हुने चाहना बढि हाबी भएको पनि सुनाए । अहिलेसम्म ३४ वर्षसम्म प्रचण्डले आफ्नो पार्टीको महाधिवेशन पनि नगरेको उनको टिप्पणी छ । अहिले पनि प्रचण्ड राष्ट्रिय सम्मेलनबाट नेता घोषणा गरेर नै आउने उनको दाबी छ ।

    उनले पार्टी अध्यक्ष केपी ओलीलाई आफूहरुले देवता नभनेको र दुधले नुहाएको व्यक्ति नभनेको पनि सुनाए । उनले भने,‘उहाँमा पनि मानवीय कमजोरी होला । तर, यस विषयमा छलफल गरौं । पार्टीभित्र बहस गरौं ।’ उनले ७० वर्ष पुगेको माधव नेपालले नयाँ पार्टी खोलेकोमा व्यंग्यसमेत कसे । उनले भने,‘अब यो भौतिकवादमा अध्यात्मपनि थप्नुपर्छ जस्तो लागेको छ। होईन भने यो वनपरास्त गर्ने, शान्तिपूर्ण जीवन यापन गर्ने बेलामा ७० वर्ष पुगेको माधव नेपाल किन नयाँ पार्टी खोल्नुहुन्थ्यो र ?’

    उनले पार्टी विभाजनको दोष केपी ओलीलाई मात्रै दिनु पनि गल्ती हुने बताए । उनले भने,‘होला, केपी ओलीले दमन गरे भन्नुभयो, आफ्ना मान्छेलाई नियुक्ती दिईयो भन्ने कुरा पनि यहाँ आयो । तर, अहिले माधव नेपालले आफ्नो पिएलाई बागमती प्रदेशको प्रदेश प्रमुख बनाउनुभयो । पिए भनेको त आफ्नो घरको मान्छेजस्तो होईन र ?’
    उनले पार्टीलाई २०७५ जेठ २ गते नै फर्काईएको र दश बुँदे प्रतिवेदन पनि पालना भएको जिकिर गरे । उनले भने,‘दश बुँदे सहमति कार्यान्वयन सुरु भैसकेको छ । दल दर्ता फिर्ता गर्नुहोस, आउनुहोस बैठकमा ।’ उनले हिजो आफूहरुसँग बहुमत छ भन्ने माधव नेपाल समूह किन २० प्रतिशतमा खुम्चिएको भन्दै प्रश्नसमेत गरे । उनले भने,‘२० प्रतिशतले ८० प्रतिशतलाई हल्लाउन सक्ला त ?’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु