एनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपानेआज २०७८ साल असाेज ७ गते, बिहीवारको राशिफल

आज भाद्र ६ गते रक्षाबन्धन : कस्तो रहनेछ तपाईंको राशिफल ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार ०७:२८

आज – ०६ भाद्र २०७८ आइतवार को राशिफल
– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग पनि मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज सानो भूलका कारण अपमानित हुनु पर्ला, सचेत रहनु पर्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज भौतिक साधन जुटाउने समय छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप पनि लाग्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घरमा अतिथिको आगमन हुनेछ । सङ्गीतमा रुचि पनि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मानसिक चिन्ता बढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज धर्म, तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । शेयर बजारको लगानीले पनि लाभ मिल्नेछ ।

मकर-(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव पनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज प्रेममा सफलता प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनार्जन हुनसक्छ । विशिष्ट व्यक्तिको सहयोग पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु