केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

एनआरएनए को आगामी कार्यकाल २०२१/२०२३का लागि केन्द्रिय महिला उपाध्यक्ष पदमा जानकी गुरुङले उम्मेदवारी दिने घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार ०९:२२

काठमाडौं । गैरआबासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२१/२०२३ का लागि केन्द्रिय महिला उपाध्यक्ष पदमा जानकी गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन् । सन् २००५ देखि निरन्तर रूपमा संस्थाको राष्ट्रिय समन्वय परिषद बेल्जियमदेखि क्षेत्रीय हुँदै केन्द्रिय तहमा सचिब समेत भएर काम गरेको अनुभव, उपलब्धिहरु र संघ भित्र रहेका कमीकम्जोरिहरुको नजिकबाट गरेको अध्ययनको आधारमा संघलाई थप उचाईमा पुर्याउन मैले अझैँ योगदान दिन जरुरि छ भनेर प्रतिस्पर्धामा उत्रिएको उनले बताएकी छन् । ‘पद्धति र पारदर्शिताका लागि एनआरएनएमा निरन्तरता’ को नारासहित उनले सबै पक्षमा सहयोग र समर्थनको अपेक्षा गरेको उल्लेख गर्दै आफुलाई विजयी बनाउन सबैमा अपिल गरेकी छन् ।

“पद्धति र पारदर्शिताका लागि एनआरएनएमा निरन्तरता”

आदरणिय अग्रजहरु, सहकर्मी साथिहरु, विश्वभरका एनआरएन प्रतिनिधिहरु तथा शुभेच्छुकहरु !

गैरआबासिय नेपाली संघको आगामी कार्यकाल (२०२१-२०२३) का लागि केन्द्रिय महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी छु, यहाहरुबाट सबै पक्षमा सहयोग र समर्थनको अपेक्षा गरेकी छु। सन् २००५ देखि निरन्तर रूपमा संस्थाको राष्ट्रिय समन्वय परिषद बेल्जियम देखि क्षेत्रीय हुदै केन्द्रिय तहमा सचिब समेत भएर काम गरेको अनुभव, उपलब्धिहरु र संघ भित्र रहेका कमीकम्जोरिहरुको नजिकबाट गरेको अध्ययनको आधारमा संघलाई थप उचाईमा पुर्याउन मैले अझैँ योगदान दिन जरुरि छ भनेर प्रतिस्पर्धामा उत्रिएकि छु।

• के एनआरएनएको स्थापनाकालको आदर्श र औचित्यलाई पूरा गर्न पछिल्लो नेतृत्वले यथेष्ट प्रयत्न गरे ?
• के संघ भित्र मौलाउदै गएको अनियमितता, अपारदर्शिता र ब्यापारी रबैयालाई निस्तेज पार्न ढिला भएन र ?
• के संघ भित्र महिलाहरुको गौरबपूर्ण सहभागिता र उपस्थितिको खाँचो छैन ?

निश्चित रूपमा अब यि प्रश्नहरुको जवाफ खोज्ने र हरेक एनआरएनहरुले खुलेर आफ्नो स्वाभिमानको रक्षा गर्दै कर्मथलो र जन्मथलो प्रति सच्चा योगदान पुर्याएर दृढ निर्णय गर्ने सुनौलो अवसरको रूपमा बिश्व सम्मेलन हामी सामु छ। गएको विश्व सम्मेलनको शर्मानक अनुभव, एकांकी ज्यादती, अस्वस्थ हर्कत र केहि अभिभाबकहरुको पक्षपाति ब्यबहारले सिंगो संस्थाको साख गिरेको अबस्थालाई सुधार गर्न र गतिशील ईमान्दार तथा कर्ब्यनिष्ठ एनआरएनहरुको संस्थाको रूपमा स्थापित गर्न यो महाधिबेशन र नेतृत्वचयन प्रक्रियालाई उपयोग गर्न सकौं भन्ने सबैमा आव्हान गर्दछु।

• हामी ईमान्दारिता र उच्च मनोबलका साथ राम्रो काम गरेर संस्थाको साखलाइ उचो राख्छौ।
• पद्दति, पारदर्शिता र अनाबस्यक गतिविधिहरुलाई रोकी संघ प्रति बढ्दै गएको बितृष्णालाई सुधार्छौ।
• जुनियर एनआरएन, महिला र युवाहरुको सक्रिय सहभागितामा बिशेष ध्यान दिनेछौ।
• कर्मथलोको हरेक एजेण्डालाई प्राथमिकता दिएर जन्मथलोको समृद्धि र बिकासमा योजनाबद्ध रूपमा प्रस्तूत हुनेछौ।

अन्तत, एनआरएनहरुको सामूहिक प्रयासलाई प्रबासको बसाई, भोगाई र खटाईलाई मर्यादित, उपलब्धिपूर्ण र नेपालको समग्र प्रबर्द्दनमा खर्चिनु हाम्रो पहिलो रोजाई र कर्तव्य हुनेछ। प्रबाशमा जानेको, भोगेको र आर्जेको सिप पुंजी र अनुभवलाई जुनसुकै तवरमा जन्मथलो भित्र्याएर नेपालको बिकास र समृद्धिको लागि अधिकतम प्रयास गर्नु हाम्रो दायित्व हुन्छ।
जानकी गुरुङ
केन्द्रिय महिला उपाध्यक्षको उम्मेदवार (२०२१-२०२३)
गैरआबासिय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु