काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएकाे मध्यपूर्व क्षेत्रीय संयोजकमा कतारबाट सफल युवा ब्यावसायी अब्दुल वाशिदले उम्मेदवारी घोषणा गरेका छन ।
एनआरएनएकाे दशौं विश्व सम्मेलन नजिकिँदै गर्दा आईसिसि सदस्य वाशिदले युवाहरुको हक हितमा काम गर्ने प्रतिबद्दता जनाउदै सुरक्षित बैदेशिक रोजगार युवा र उद्दमशिलता भन्ने नारा लिएर मध्यपूूर्व युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका छन । वैदेशिक रोजगारीमा सीपयुक्त जनशक्ति पठाउन नसक्दा देशले पेक्क्षा गरेको रेमिट्यान्स भित्र्याउन नसकेको वाशिदले बताए । उनले मध्यपूर्वमा कार्यरत नेपाली युवाको समस्यालाई मध्यनजर गर्दै उनीहरूको लागि कार्ययोजना ल्याउने आफ्नो योजना रहेको बताए । मध्यपुर्बको श्रम बजारमा रहेका अधिकांश नेपाली युवा अदक्ष छन उनीहरुलाई दक्ष या अर्ददक्ष बनाएर पठाउनुपर्नेमा वासिदले जोड दिए । उनले कामदारको मुद्दालाई नै मुख्य एजेन्डा बनाएको जनाउदै श्रमिकका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने आफ्नो योजना रहेको बताए ।\
युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा रहेको जनाउदै वाशिदले मध्यपूर्वी मुलुकमा कार्यरत नेपाली युवाको सीपलाई नेपालका युवासम्म लैजाने र उनीहरुसँगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजना आफूले तयार पारेको समेत बताए । मध्यपूर्वी मुलकमा कार्यरत नेपाली युवाहरुको सीप, क्षमता र दक्षतालाई नेपाल निर्माणमा जोड्नु नै आफ्नो उद्देश्य रहेको वासिदले बताए । वाशिदले सक्षम युवाहरुलाई एनआरएनमा समेट्न आफूले युवामैत्री कार्यमा विशेष कदम चाल्ने जनाउदै
आफुलाई बिश्वाष गरेर युवा संयोजकमा विजय गराउन आग्रह गरे उनले मध्यपूर्वमा काम गर्ने नेपालीलाई धैरै नयाँ कुरा दिन आफ्नो प्रभावकारी भूमिका रहने बताए ।
वाशिदले मध्यपूर्वका नेपालीले आफ्नो उम्मेदवारीलाई स्वाभाकि रुपमा लिएको बताउँदै पूर्णरूपमा साथ पाउने बिश्वास व्यक्त गरे । नेपालबाट रोजगारका लागि जाने अधिकाशं युवा युवती मध्यपूर्वी देशहरुमा नै कार्यरत छन । खाडी मुलुकमै काम गरेर एनआरएनए अभियानमा लागेका वाशिदबाट मध्यपूर्वका युवाहरुले धेरै पाठ सिक्नुपर्दछ । लामो समयदेखि कतारलाई कमर्थलो बनाएर रोजगारी गरेका वाशिद सन २०११ बाट व्यवसायिक क्षेत्रमा प्रवेश गरेका हुन ।
वाशिद एनआरएनए आइसीसीको सामाजिक उद्यमशीलता विकास समितिको मध्यपूर्व संयोजक भएर उत्कृस्ट काम गरिसकेका व्यक्ति हुन ।
उनले इलेक्ट्रोनिक क्षेत्रमा आफ्नै नेपालको गाऊ बेलाको ‘ब्राण्ड’ कतारलगाएत विश्व बजारमा स्थापित गरेका छन । वाशिदले भाई अब्दुल हाफिज र दाजु अब्दुल कदिर बासिदको सहयोगमा ‘बेलाको ब्राण्ड’ स्थापित गरेका हुन । कतारमा सफल भएपछि उनको ‘बेलाको ब्राण्ड’ पछिल्लो समय बेलायतमा पनि रहेको छ । छिट्टै यो ‘ब्राण्ड’ नेपालमा पनि विस्तार गर्ने तयारीमा जुटेका छन वासिद । बेलाको ब्राण्ड आफ्नो जन्मभूमिकोे जनकपुरको बेलाको गाउँबाट जुराएका हुन वाशिदले ।
यसले एअर कन्डिसनका सामानहरु र ईलेक्ट्रोनिक सामानहरु उत्पादन गरेर कतारलागाएत विश्व बजारमा बिक्री वितरण गरिरहेको छ । वासिदले आफुलाई मध्यपुर्व युवासंयोजकमा विजयी गराउन एनआरएनए अग्रज , अभियन्ता र मध्यपुर्बमा रहेका गैरआवासिय नेपालीलाई आग्रह गरेका छन ।