महिला सचिबमा हङकङबाट राधिका गुरुङ (टीका )ले उम्मेदवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार ०९:५३

काठमाडौं । महिला सचिबमा हङकङबाट राधिका गुरुङ (टीका )ले उम्मेदवारी घोषणा गरेकी छन एनआरएन हङकङको छैटौं अधिबेशन २०१७-२०१९ र सातौ अधिबेशन २०१९-२०२१ दुई कार्यकाल अध्यक्ष रहे कि टीका अगामी अक्टोबर २३ देखी २५ तारिखसम्म हुनगइरहेको दसौं बिस्व सम्मेलन तथा निर्बाचनमा आइसिसि महिला सचिबमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन । हङकङमा बस्दै ब्यबसाय गरिरहेकि गुरुङ सामाजिक कार्यमा लामो समय देखी सक्रिय रहेकी छन । हङकङबासी नेपाली र अन्य मुलका नागरिकहरुसँग सहकार्य र समन्वय गर्दै हङकङमा भइपरि आउने प्राकृतिक बिपद( टाईफुन)आगलागी लगाएतका घटनाहरुमा आर्थिक सहयोग तथा उद्धार जस्ता कार्यहरुको अभियानमा निरन्तर लागीरहेकी महिला सामाजिक अभियन्ताको रूपमा चिनिन्छन गुरुङ । हङकङ सरकारले बिरलै प्रदान गर्ने ” चिफ एक्जुकेटिभ कमेन्डेसन फर कम्युनिटि सर्भिस पदबीबाट गुरुङ सम्मानित भइसकेकी छन ।
एनआरएनएले बिश्वको विभिन्न महादेशहरुमा गरिरहने सम्मेलनहरु मध्य एसिया प्यासिफिक सम्मेलन चाैध बर्ष पश्चात गुरुङको कार्यकालमा हङकङमा सम्पन्न भएको थियो ।
बिदेशमा रहेर पनि सदा आफ्नो मातृभुमी प्रतिको माया र सहयोग गरिरहने गुरुङको सकृयतामा कोभीड १९ को कारण नेपालका अस्पतालहरुमा अक्सिजन समस्या समाधानका लागी आर्थिक संकलन गरि ५० थान दश लिटर क्षमताको अक्सिजन कन्सन्टेटर र १७ लाख मास्क नेपालमा बितरण गरिएको थियो ।
नेपालका विभिन्न राजनीतिक दलहरुका शिर्ष नेताहरुसँग राम्रो सम्बन्ध रहेकि गुरुङले निरन्तर नागरिकता समस्या समाधान र बैदेशिक रोजगारमा रहेका नेपालीहरुको संरक्षण र हितमा निति निर्माण र कार्यान्वयन गर्न नेपाल सरकारलाई अनुरोध गर्दैआइरहेकी गुरुङ सक्रिय सामाजिक कार्यकर्ताको रुपमा चिनिन्छिन । महिला सचिबमा गुरुङको बिजय बिश्वभर छरिएर रहेका महिला बर्गको मात्र नभई सिङ्गो एनआरएनएको गरिमा र उद्धेश्य प्राप्तिमा ईट्टा थपिने धेरै गैर आवासिय नेपाली र शुभेच्छुकहरुले आशा र आंकलन गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु